
नेपालमा जीडब्लूएम सवारी साधनहरूको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले वीन्टर अफर सार्वजनिक गरेको छ । लक्जरी, सेभिङ साथै अन्य फाइदाहरूका साथ अफर ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफरबाट उत्कृष्ट लक्जरी ड्राइभको आनन्द लिन चाहने कार उत्साहीहरूले विशेष अनुभव बटुल्न सक्ने छन् ।
३ लाखसम्मको फाइदा !
लक्जरी ड्राइभ खोज्नेहरूका लागि, जीडब्लूएमले दि लक्जरी ड्राइभ प्रस्ताव ल्याएको हो ।

यो अफरमार्फत विद्युतीय सवारीसाधन उत्साहीहरूले जीडब्लूएमका प्रिमियम र परिष्कारको अनुभव लिन सक्नेछन्, जसमा रु ३ लाखसम्मको फाइदाहरू छन् ।
९.४९ लाखको डाउन पेमेन्टमा रेट्रो–मोर्डनिस्टिक ओरा ०३ ईभीले वातावरणीय चेतनासँग अत्याधुनिक प्रविधिको संयोजनसहितको पहिले अनुभव नगरिएको ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।