३० असार २०८३, मंगलबार

रुस जान मंसिर महिनामा ४० जनाले लिए श्रम स्वीकृति

पुस ७, २०८०
काठमाडौं
रुस जान मंसिर महिनामा ४० जनाले लिए श्रम स्वीकृति

रुसमा काम गर्नका लागि वैदेशिक रोजगार विभागले मंसिर महिनामा ४० जनालाई श्रम स्वीकृति दिएको छ । रुस–युक्रेन युद्वका बीच ४० जनाले रुसमा काम गर्नका लागि श्रम स्वीकृति लिएका हुन् ।

३४ जना पुरुष र १ जना महिलाले व्यक्तिगत तबरबाट श्रम स्वीकृति लिएका छन् भने ५ जनाले पुनः श्रमस्वीकृति लिएको विभागले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । 

सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ गरेपनि श्रम स्वीकृति लिएरै  श्रमिकहरु गइरहेका हुन् ।  रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि सरकारले कडाइ गरिरहेको हो । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई देशबिच सम्झौता भएका विद्यार्थीबाहेक भिजिट भिसामा जाने, अरु ढंगले जाने सबैलाई कडाइ गरिएको जानकारी दिए । जसअनुसार सरकारले मातहतका निकायलाई सर्कुलर गरेको र सोहीअनुसार विमानस्थलमा कडाइ गरिएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्