
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस सोमवारदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ ।
फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी १६ औँ वार्षिकोत्सव मनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवं प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति रहेको थियो ।
ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लीला जिसी लगायत अतिथिहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति कार्यक्रममा रहेको थियो ।
समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वलजंग शाहले स्वागत मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।
डकुमेन्ट्री मार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए । बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पंगेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टिम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू प्रस्तुत गरिएको थियो ।
यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहेका राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि समारोहलाई हाँसोमय बनाउँदै अघि बढाएका थिए । वार्षिकोत्सव समारोहमा अवार्ड साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ समेत प्रदान गरिएको थियो ।
महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान मानिएको ‘फेसियल हाउस’को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशस्थानमा छन् ।
यस्तै, उपत्यकाबाहिर पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् ।
यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।