×

NMB BANK
NIC ASIA

‘फेसियल हाउस’ले मनायो १६ औं वार्षिकोत्सव, मन्त्रीदेखि कलाकारसम्म पुगे

काठमाडाैं | पुस १०, २०८०

NTC
Premier Steels

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस सोमवारदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ । 

Muktinath Bank

फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी १६ औँ वार्षिकोत्सव मनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटिसियन सुष्मा महराको अध्यक्षतामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, नेकपा एमालेकी नेत्रृ एवं प्रतिनिधि सभाकी पूर्व सदस्य नवीना लामा र नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको उपस्थिति रहेको थियो । 


Advertisment
Nabil box
Kumari

ओमन कम्युनिटी यूएनई यूएलआईकी अध्यक्ष भगवती खड्का, राजनीतिक विश्लेषक प्रकाश रायमाझी, नेपाल ब्युटी एसोसिएशनकी महासचिव शशी शाह, फेसियल हाउसका संरक्षक एवम् वरिष्ठ पत्रकार उज्ज्वलजंग शाह र नेपाल पार्टी प्यालेस संघका अध्यक्ष लीला जिसी लगायत अतिथिहरू तथा विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सौन्दर्यकर्मीहरूको भव्य उपस्थिति कार्यक्रममा रहेको थियो । 
समारोहमा फेसियल हाउसका संरक्षक उज्ज्वलजंग शाहले स्वागत मन्तव्य राखेका थिए । 

Vianet communication

प्रमुख अतिथि पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली र अन्य अतिथिहरूका साथमा प्रबन्ध निर्देशक एवं वरिष्ठ ब्युटीसियन सुष्मा महराले केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । वार्षिकोत्सव समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराको जीवनीमा आधारित रहेर तयार पारिएको करिब १३ मिनेट लामो दृश्य चित्र (डकुमेन्ट्री) प्रस्तुत गरिएको थियो ।

डकुमेन्ट्री मार्फत सौन्दर्य क्षेत्रमा प्रवेश गर्न चाहने नयाँ व्यक्तिहरूलाई केही नयाँ टिप्स र सकारात्मक सन्देश दिने प्रयास गरिएको प्रबन्ध निर्देशक सुष्मा महराले जानकारी दिइन् । समारोहमा प्रमुख अतिथि पर्यटनमन्त्री सुशीला सिर्पाली तथा अतिथिद्वय सांसद ज्ञानेन्द्र शाही र पूर्वसांसद नवीना लामाले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।  बाँकी समय विभिन्न किसिमका नृत्य र गायनहरूको प्रस्तुति रहेको थियो । मनोरञ्जन प्रदान गर्न गायनतर्फ लोकगायक बद्री पंगेनी, खुमन अधिकारी र सृजना कुँवर तथा नृत्यतर्फ टिम इन्टरटेन्टमेन्ट समूहको उपस्थिति थियो । उनीहरूले विभिन्न गीतसङ्गीत र नृत्यमार्फत साँझको माहोललाई तताएका थिए । कार्यक्रममा क्रेजी नोट्स व्याण्डका गीतहरू प्रस्तुत गरिएको थियो  । 

यस्तै, कार्यक्रम सञ्चालकको भूमिकामा रहेका राजा राजेन्द्र पोखरेल र राधिका कँडेलले पनि समारोहलाई हाँसोमय बनाउँदै अघि बढाएका थिए । वार्षिकोत्सव समारोहमा अवार्ड साथै विभिन्न व्यक्तिहरूलाई ‘टोकन अफ लभ’ समेत प्रदान गरिएको थियो । 

महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान मानिएको ‘फेसियल हाउस’को केन्द्रीय कार्यालय सुन्धारास्थित काठमाडौं मलमा अवस्थित छ । फेसियल हाउसका आउटलेटहरू बागदरबारस्थित सीटीसी मल (एकेडेमीसहित), चाबहिलको चुच्चेपाटीस्थित केएल टावर र गणेशस्थानमा छन् । 

यस्तै, उपत्यकाबाहिर पोखराको चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीमा आउटलेट सञ्चालनमा छन् ।

यस्तै, फेसियल हाउसले आफ्नो नयाँ आउटलेट चितवनमा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x