२४ जेठ २०८३, आइतबार

पोखरामा सांस्कृतिक झाँकीसहित सडक महोत्सव [तस्वीरहरू]

पुस १२, २०८०
काठमाडौं
पोखरामा सांस्कृतिक झाँकीसहित सडक महोत्सव [तस्वीरहरू]

'सडकमै खाऔं, सडकमै रमाऔं' नारासहित कास्कीको पोखरामा २५ औं पोखरा सडक महोत्सव शुरू भएको छ । विभिन्न सांस्कृतिक झाँकी र परम्परागत पञ्चेबाजासहित पोखराको हल्लन चोकबाट बिहीवार महोत्सव शुरू भएको हो ।

null

झाँकीमा स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति रहेको छ । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुने गरेको छ । महोत्सवलाई रेस्टुरेन्ट तथा बार एशोसिएसन नेपालले (रेवान) आयोजना गर्ने गरेको छ ।

null 

डिसेम्बर २८ देखि जनवरी १ तारिखसम्म चल्ने यो महोत्सवमा कोमा जाने विभिन्न सांस्कृतिक, सांगीतिक र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ । यस्तै लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टहरूले आफ्ना पकवान पस्किने गरेका छन् । 

null

महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायक–गायिकाहरू दीपक बज्राचार्य, शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एण्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि र  र्‍यापर​ लाहुरे तथा राजन केसीले आफ्नो प्रस्तुति दिनेछन् ।

null

महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र ’नोस्टाल्जिक–थ्री’सँग फूड कोर्ट पार्टनरका रुपमा सहकार्य गरिरहेको आयोजकले जनाएकाे छ ।

थप तस्वीरहरूः  

nullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्