०५ साउन २०८३, मंगलबार

बालकुमारी घटनाको जिम्मा सत्तामा भएका सबैले लिनुपर्छ : रवि लामिछाने

पुस १३, २०८०
काठमाडौं
बालकुमारी घटनाको जिम्मा सत्तामा भएका सबैले लिनुपर्छ : रवि लामिछाने
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दुई युवा मारिएको घटनाको जिम्मा सत्तामा रहेका सबै दलले लिनुपर्ने बताएका छन् ।

कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएकाको सामान्य माग पनि समयमा पूरा गर्न नसक्दा घटना भएको लामिछानेको भनाइ छ । 

‘आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ। घटना पश्चात् सामाजिक सञ्जालमा समवेदना लेख्न होडबाजी गर्ने सत्तामा भएका दलका नेताले समस्या समाधान गर्ने तर्फ पनि उत्तिकै हतार गरेको भए सायद आज यो घटना हुने थिएन होला’, रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउने कि नपाउने भन्ने सामान्य ‘प्राविधिक’ विषयको विवाद बढेर ती दुई नेपालीले ज्यानै गुमाउनु पर्ने स्थिति देख्दा मर्माहत भएको छु। शोकाकुल परिवार र आफन्तजनमा हार्दिक समवेदना । गएको ज्यानको क्षतिपूर्ति कुनै हालतमा हुँदैन। तर परिवारलाई राहत दिइयोस्। परिवार पाल्न भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका समस्यामा पनि सरकारको ध्यानाकर्षण होस्।’

salt training

कमेन्ट गर्नुहोस्