माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पटकपटक सरकारमा अवसर पाउँदा पनि प्रभावकारी काम गर्न नसकेको भन्दै मन्त्रीहरूमाथि प्रश्न उठाएका छन् । मन्त्रीहरूको कार्यसम्पादनको समीक्षा गर्न बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरूले अवसर पाउँदा पनि नागरिकका अपेक्षा पूरा गर्न नसक्दा उनीहरूमा निराशा र आक्रोश छाएको टिप्पणी गरेका हुन् । तर मन्त्रीहरूले भने आफूहरूले सरकारमा रहेर प्रभावकारी कार्यसम्पादन गरेको दाबी गरेका छन् ।
‘आम नागरिक व्यवस्थासँग भन्दा पनि व्यवस्था परिवर्तन गरेर अवस्था बदल्न नसक्ने नेतासँग रिसाएका छन् । नागरिक सबैभन्दा बढी कुशासनका कारण रिसाएका हुन् । हाम्रै कार्यालयभन्दा केही किलोमिटर पर भौतिक योजनामन्त्री प्रकाश ज्वालाको गाडी तोडफोड मात्र होइन आगजनी भएको छ,’ केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले भने, ‘मन्त्री ज्यान जोगाएर भागे पनि २ आन्दोलनकारीको सरकारी गोली लागेर ज्यान गयो । रिसाएका नागरिक यो तहको विद्रोहमा उत्रनु सामान्य कुरा होइन । आमनागरिकमा सरकार र सरकारी निकायमा पुगेकाहरू भ्रष्टाचार गर्न पुगेका हुन् भन्ने बुझाइ व्याप्त छ ।’
प्रत्येक हप्ताजस्तो आउने भ्रष्टाचारका नयाँ काण्डले आमनागरिकलाई झन् धेरै चिढ्याएको पनि सिवाकोटीले बताएका छन् । अवसर पाउँदा पनि काम गरेर देखाउन नसक्दा नागरिक बिच्किएको उनले बताए ।
‘पटक–पटक सरकारको नेतृत्व गर्ने मौका पाउँदा र सरकारका विभिन्न मन्त्रालय र निकायहरूको नेतृत्व गर्न पाउँदा पनि न हामीले आफूले गरेको कामको प्रचार गर्न सक्यौँ, न भविष्यप्रति थप आशा जगाउने गरी भरोसा दिलाउन सक्यौं, अझै पनि पुरानै सोच र शैलीमा नागरिकलाई मुफतको मालु सम्झिरहेका छौं,’ उनले भने । एनसेल, टेरामक्स, स्टक एक्सचेन्ज, सहकारी, सुनकाण्डजस्ता अनेक काण्ड सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुँदा हातमुख जोर्न संघर्षरत नागरिकहरू सरकारको आरती उतारेर नबस्ने उनको भनाइ छ ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले मन्त्री पद नेताका लागि सम्पत्ति र पेवा नभएको बताए ।
‘पार्टीले विश्वास गरेर पठाएपछि मन्त्रीहरूले प्रभावकारी काम गर्नैपर्छ । अनेक बहानाले पन्छिन मिल्दैन,’ खतिवडाले बैठकमा भने, ‘तर हाम्रा नेताहरूले मन्त्री पदलाई सम्पत्ति र पेवाजस्तो बनाएका छन् । यस्तो गलत प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’ पार्टीले समानुपातिक प्रणालीमा नाता र दातालाई ल्याउँदा झन् बढी बदनामी बेहोर्नुपरेकोले यस्तो अभ्यासन बन्द गराउन पनि पार्टीसमक्ष माग गरे ।
अर्का केन्द्रीय सदस्य प्रकाश स्नेहीले संसद् र सरकारमा बसेर नागरिकलाई आश्वस्त पार्न नसकिएको स्वीकारे । ‘हामी संसद्मा ८८ जना छौं । सरकारमा पनि छौं । तर कामप्रति आक्रामक होइन, रक्षात्मक छौं,’ उनले भने, ‘दिनकै २०–३० वटा समाचार पार्टी र सरकारका विरुद्ध आउनु भनेको हामी नागरिकप्रति उत्तरदायी नहुनको प्रमाण हो ।’
केन्द्रीय सदस्य मधु आचार्यले सरकारमा गएका कांग्रेसका मन्त्रीले के काम गरे भन्दै प्रश्न उठाएका छन् ।
‘समुदायसँग नेपाली कांग्रेस’ लिएर हामी जनताकहाँ त जाने तर के भन्न जाने ? जनताका बीच जाने कुरा जति सकारात्मक छन्, उनीहरूबीच पस्किने सन्देश सकारात्मक बनाउनेतर्फ हाम्रो गम्भीरता खोई ?’ आचार्यले बैठकमा प्रश्न गरे, ‘सरकारमा गएका साथीहरूले जनताको मन जित्ने के काम गरे ? कमसेकम महिनाको एउटाको दरले नै सही जनताको भात–भान्सालाई सहयोग पुग्नेगरी के गरियो, जानकारी चाहियो ।’
केन्द्रीय सदीय प्राडा गोविन्दराज पोखरेलले तीन तहका सरकार कर्मकाण्डी भएको बताए ।
‘हामीले घोषणापत्र बनायौँ, आज त्यो कतै थन्किएको छ, तीनै तहका सरकार आफ्नै ताल र सुरमा हिडेका छन् । सबै तहका सरकारले तुरुन्त रोजगारी सिर्जना गर्न नीतिगत, संरचनागत, लगानी, सुशासन लगायतका सुधार गर्नका लागि पार्टीले निर्देशन दिनुपर्छ,’ उनले भने ।
पछिल्लो केही हप्तादेखि अर्थतन्त्रमा झिनो सुधार देखिए पनि चालु खर्च बढ्ने र पुँजीगत खर्च घट्ने क्रम अझै रहेको बताए ।
‘नेपाल सरकारको चालु खर्च बढने, पँुजीगत खर्च घटने क्रम जारी छ । यस बर्ष पनि ११४२ अर्व चालु खर्च राख्दा पुँजीगत बजेट जम्मा ३०२ अर्ब राखिएको छ । जुन गत सालभन्दा करिब ७८ अर्बले कमी हो । यसरी निरन्तर पुँजीगत खर्च घट्ने तर जनताका आकांक्षा बढ्दै गएको बेला कसरी आशा पूरा गर्न सकिएला ?’ उनले भने, ‘पुष १२ गतेसम्म गत बर्ष पुँजीगत खर्च ४१ अर्ब भएको थियो भने यो बर्ष पनि बिहीवारसम्म जम्मा ४१ अर्ब । यसको मतलब सरकारले पुँजीगत खर्च बढाउन कुनै पनि सुधार गरेन ।’
केन्द्रीय सदस्य राजीव शाहले सबैतिर राम्रो छ मात्रै भनेर पार्टी र नेताले झुट बोलिरहेको बताए । ‘हामी नेताहरूको कुरा सुन्ने हो भने सबैतिर राम्रो भइरहेको छ । मन्त्रीहरूले पनि राम्रो गरिरहनुभएको दाबी गर्नुहुन्छ,’ उनले भने, ‘के दाबीअनुसार सबैतिर राम्रो मात्रै भएको छ त ? सबैतिर राम्रो छ भन्ने झुट बोलेर नराम्रोलाई नछोपौं । सबै मात्रै भएको भए नागरिकहरूमा यत्ति धेरै निराशा र आक्रोश किन छाइरहको छ ?’
केन्द्रीय सदस्य कल्याण गुरुङले भने काम गरिरहेका मन्त्रीहरूलाई हटाउन नहुने धारणा राखे ।
‘प्रतिकूलताका बीच पनि मन्त्रीहरूले राम्रै काम गर्नुभएको छ । सरकारमा उहाँहरूलाई नै निरन्तरता दिनुपर्छ,’ गुरुङले भने, ‘पटकपटक चलाउँदा सरकार झन् अस्थिर हुन्छ राम्रो सन्देश जाँदैन ।’ गुरुङले क्लस्टर अनुसार केन्द्रमा नै उपसभापति र महामन्त्री राख्न पनि माग गरे ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पटकपटक अवसर पाएकालाई कुनै पनि हालतमा राष्ट्रियसभामा उम्मेदवार नबनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सबैथोक राम्रो भइरहेको मन्त्रीहरूको दाबी
अधिकांश केन्द्रीय सदस्यले मन्त्रीको कमजोर कार्यशैलीमाथि प्रश्न उठाए पनि मन्त्रीहरूले भने प्रभावकारी काम गरेको दाबी गरेका छन् ।
शुक्रवार अर्थमन्त्री डा प्रकाशशरण महत र परराष्ट्र एनपी साउदले सरकारमा बसेर कांग्रेसका मन्त्रीहरूले प्रभावकारी कार्यम्पादन गरिरहेको दाबी गरे ।
अर्थमन्त्री महतले केपी ओली नेतृत्वको सरकारले बिगारेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याइरहेको दाबी गरे । ‘केपी ओली प्रधानमन्त्री हुँदा अर्थतन्त्र नकारात्मक बाटोमा गएको थियो । हामीले सरकार सम्हाल्दा कर्मचारीलाई तलब खुवाउन पनि कठिन थियो,’ उनले भने, ‘तर अहिले सेयर बजार बढेको छ । जग्गाको कारोबार बढ्दैछ । राजस्व बढेको, विदेशी मुद्राको सञ्चिति बढेको छ । मौद्रिक नीतिलाई प्रभावकारी बनाउने काम भइरहेको छ । जसले राजस्व वृद्धि गराएको छ । पछिल्लो समय पर्यटकको संख्या आगमन पनि वृद्धि हुनु अर्थतन्त्र निरन्तर सुधार हुँदै गएको संकेत हो ।’
परराष्ट्रमन्त्री साउदले पार्टीको घोषणा, सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रको हित, असंलग्ग परराष्ट नीति, पञ्चशीलका आधारमा प्रभावकारी कुटनीतिक सम्बन्ध राखिरहेको बताए ।
‘छिमेकी र मित्रराष्ट्रसँग सम्बन्ध राम्रो भएको छ । उच्चस्तरीय भ्रमण भएको छ । यूएनका महासचिव आउनुभयो । हाम्रा प्रधानमन्त्री पनि धेरै देशमा जानुभयो । यी भ्रमणले नेपालको छवि अन्तर्राष्ट्रिय छवि बढाउने गरी सरकार क्रियाशील रहेको छ,’ साउदले भने, ‘सरकारले मुलुकको सुरक्षा, आर्थिक कूटनीति, आप्रवासीको सामाजिक सुरक्षालाई अत्यत्नै महत्व दिएको छ । रुसी सेनामा भर्ना भएका नेपालीको स्थितिबारे जानकारी गराउन रुससँग कूटनीतिक वार्ता सघन रुपमा गरिरहेको छौं । विपीन जोशीलाई फिर्ता ल्याउन कतारसँग पहल गरिरहेका छौं ।’
शहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बू, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पनि सरकारमा बसेर प्रभावकारी काम गरिरहेको दाबी गरेका थिए । बैठक शनिवार पुनः बस्ने कांग्रेसले जनाएको छ ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...