×

NIC ASIA

स्तनपान गराउनेमा औपचारिक शिक्षा नलिएका आमाहरू अगाडि, सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा

काठमाडाैं | पुस १५, २०८०

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

​नेपालमा औपचारिक शिक्षा लिएका आमाको तुलनामा नलिएका आमाहरूले बढी पूर्ण स्तनपान गराउने गरेको पाइएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य विभागको पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले साक्षरभन्दा कम साक्षर आमाले आफ्ना बालबालिकालाई पूर्ण स्तनपान गराएको पाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार कुनै पनि औपचारिक शिक्षा नभएका ५९ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउँदा आधारभूत शिक्षा लिएका ६१ प्रतिशत र माध्यमिक शिक्षा लिएका ५३ प्रतिशत आमाले स्तनपान गराउने गरेका छन् । उनले पढेलेखेका आमाहरूले पूर्ण स्तनपान गराउँदा स्तनको आकार बिग्रन्छ भनेर नगराउने गरेको बताए । 


Advertisment
Nabil box
Kumari

उनले पूर्ण स्तनपान नगराउनेमा धेरैजसो जागिर गर्ने आमा रहेको बताए । उनका अनुसार नेपालमा ५६ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराउने गरेका छन् । 

Vianet communication

कोशी प्रदेशमा ५३ प्रतिशत, मधेश प्रदेशमा ६५ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत, गण्डकी प्रदेशमा ६४ प्रतिशत, लुम्बिनी प्रदेशमा ३६ प्रतिशत, कर्णाली प्रदेशमा ७४ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत आमाहरूले बच्चालाई पूर्ण स्तनपान गराउने गरेका छन् । 

यस्तै, २२ प्रतिशत आमाहरूले दूधदानीबाट बच्चालाई दूध खुवाउने गरेका छन् । यस्तै आर्थिक रूपमा उच्च आयका आमाको तुलनामा न्यून आयभएका आमाहरूले धेरै मात्रामा पूर्ण स्तनपान गराउने गरेको पाइएको छ । 

शाखा प्रमुख थापाका अनुसार न्यून आय भएका ६४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । यस्तै उच्च आय भएका आमामध्ये ४४ प्रतिशतले मात्र र मध्यम आय भएका ६१ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन् । 

नेपालमा कुनै न कुनै समयमा स्तनपान गराउने ९९ प्रतिशत आमा छन् । यस्तै जन्मेका एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र जन्मेको दुई दिनसम्म पूर्ण स्तनपान गराउने आमा ५९ प्रतिशत छ । तथ्याङ्कअनुसार दुई वर्षसम्म स्तनपान गराउने आमाको सङ्ख्या ९४ प्रतिशत छ । 

विश्वमा दुई जना नवजात शिशुमध्ये एक शिशुलाई जन्मेको एक घण्टाभित्र स्तनपान गराइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x