२२ असार २०८३, सोमबार

शिक्षा क्षेत्रका जिम्मेवारीहरूमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री

पुस १७, २०८०
काठमाडौं
शिक्षा क्षेत्रका जिम्मेवारीहरूमा प्रतिस्पर्धा गराउन चाहन्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा नहुने बताएका बताएका छन् ।

काठमाडौंमा भएको एक शैक्षिक बहसमा उनले विश्वविद्यालयहरूमा उपकुलपति र पदाधिकारी नियुक्ति पनि मेरिटोक्रेसीको आधारमा हुने बताएका हुन् ।

विश्वविद्यालय लगायतका शिक्षाका सम्पूर्ण संरचनामा प्रतिस्पर्धा गराउन चाहेको भन्दै त्यसका लागि तयार रहन पनि उनले आग्रह गरेका छन् । 

प्रतिस्पर्धामार्फत शिक्षाको गुणस्तर उकासिने उनले बताए ।

‘मैले घोषणा गरिसकेको छु– अब विश्वविद्यालयहरूमा राजनीतिक भागबन्डा हुने छैन। मेरिटोक्रेसीका आधारमा उपकुलपतिलगायतका पदाधिकारीहरू नियुक्त हुनेछन्’, उनले भने, ‘म मेरो सङ्कल्पमा दृढ छु। यसले योग्यहरूले जिम्मेवारी प्राप्त गर्ने अवसरको ढोका खुल्नेछ, विश्वविद्यालयका पदाधिकारीहरूले उच्च मनोबलका साथ आफ्नो विज्ञता प्रस्तुत गर्ने वातावरण मिल्नेछ, विद्यार्थी, अभिभावकलगायत आम जनसमुदायमा उच्च शिक्षा र पदाधिकारीहरूप्रति भरोसा बढ्नेछ।’

salt training

कमेन्ट गर्नुहोस्