
माछापुछ्रेबैंक लिमिटेडले पर्यटकहरूको आकर्षक गन्तव्य मानिएको अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी, स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी हालै वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिमका साथै जोखिम न्यूनीकरणका उपायहरूका बारेमा जानकारी प्रदान गरिएको थियो ।
सो विषयमा उपस्थित होटल व्यवसायी र स्थानीयबीच अन्र्तक्र्रिया कार्यक्रमसमेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न सहज मानिने क्यूआर, पीओएस र एनएफसी सेवाको महत्वबारे अवगत गराइएको थियो । अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटेल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेका छन् ।