×

NMB BANK
NIC ASIA

कर्नाटकबाट आएको हनुमत रथयात्रा टोली जनकपुरधाममाः जानकी मन्दिरमा पूजाअर्चना

काठमाडाैं | पुस २१, २०८०

NTC
Premier Steels

महेन्द्रनगर–भारतको कर्नाटक राज्य किस्किन्धाबाट आएको हनुमत रथयात्राका टोलीले शनिवार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ ।

Muktinath Bank

बिहीवार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको उक्त रथयात्रामा सहभागीले जानकी मन्दिरमा शुक्रवार आरती गरेपश्चात् नगर परिक्रमा गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार जनकपुरधामबाट काठमाडौंका लागि रथयात्रा प्रस्थान गर्ने तयारी भइरहेको अयोध्याबाट आएका धर्मगुरु शङ्कराचार्यले बताए । 


Advertisment
Nabil box
Kumari

भगवान् हनुमानको जन्मस्थान भारतको किस्किन्धामा हनुमानको प्रतिमा सात सय पाँच फिट अग्लो बनाउने र त्यसको वरपर धाम निमार्ण गर्ने उद्देश्यले रथयात्रा निकालिएको किस्किन्धाबाट आएका गुरु स्वामीले बताए । निर्माण गरिने हनुमानको उक्त प्रतिमा विश्वको सबैभन्दा ठूलो हुने उनको भनाइ थियो । उनका अनुसार रथयात्रा १२ वर्षसम्म चल्नेछ ।

Vianet communication

सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किस्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शङ्कराचार्य, गङ्गाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केसवसहितका धर्मगुरु जनकपुरधाम आएका छन् ।

शुक्रवार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालु भक्तजनको भीड लागेको थियो । त्यस क्रममा गुरु पाठकले इतिहासमै पहिलोपटक भगवान् हनुमान आफ्नो जन्मभूमिबाट सिधा सीतामाताको भूमिमा आएको जानकारी दिए । उनले यात्रामा सहभागी भएर सीतामाताको भूमिमा आउँदा खुसी लागेको बताए ।

गुरु पाठकले भने, ‘अयोध्यामा निर्माण भएको राम मन्दिरजस्तै किस्किन्धामा पनि हनुमान्को मन्दिर एवं धाम निर्माण भइरहेको छ ।’ सम्पूर्ण जनकपुरधामबासी एवं नेपालीलाई उनले एक पटक किस्किन्धा पुगेर हनुमान्को जन्मस्थलको दर्शन गर्न आमन्त्रण गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x