०६ साउन २०८३, बुधबार

नेपाल ल्युब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांशको प्रस्ताव पारित

पुस २५, २०८०
काठमाडौं
नेपाल ल्युब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांशको प्रस्ताव पारित

नेपाल ल्युब आयल लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभामार्फत कम्पनीले शेयर धनीहरूलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

हाल देशभरि नै फैलिरहेको आर्थिक मन्दीले  सबै व्यापारिक क्षेत्र अस्थिर र अन्योल अवस्थाबाट गुज्रिरहेको छ ।

यो स्थितिमा पनि कम्पनीले अघिल्लो वर्षझैं लाभांश पारित गरेकोमा  शेयरधनीहरूले खुला प्रशंसा गरेका छन् ।

त्यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले देश र बजारको वर्तमान अवस्था गम्भीर रहेको बताए ।

बजारलाई पोजिटिभ तिर मोड्न सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादनका साथै बिक्री/वितरण गर्दै आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो ।

salt training

कमेन्ट गर्नुहोस्