०२ साउन २०८३, शनिबार

टाटा मोटर्स फन कार्निभलः ईभी गाडी किन्नेलाई विभिन्न अफर

पुस २६, २०८०
काठमाडौं
टाटा मोटर्स फन कार्निभलः ईभी गाडी किन्नेलाई विभिन्न अफर

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेटिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो ईभी लगायतका गाडी साट्न सकिनेछ । 

ग्राहकको परिवर्तित जीवशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ 

मेला यही पौष २७ देखि पुष २९ गतेसम्म उपत्यकाबाहिर टाटा मोटर्सको शोरुम अलास्का मोर्टस बिर्तामोड, सिद्र्धाथ कटेज बुटवल, सिप्रदी ट्रेडिङ बुद्ध चोक पोखरा र टाउनहल प्लानिङ वीरगञ्जमा आयोजना गर्न लागिएको हो ।

null 

फन कार्निभलमा टाटाका गाडी किन्ने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा ईभी गाडीका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । 

‘यस कार्निभलका मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत् नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो,’ सिप्रदीले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, यसमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादन अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नुहुनेछ । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउनुहुन कम्पनी अनुरोध गर्दछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्