
चालु आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ ।
२०८० मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.३ प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो । २०८० मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको खबर गोरखापत्रमा छापिएको छ ।