११ असार २०८३, बिहीबार

२ खर्ब ६३ अर्बले बढ्यो निक्षेप

पुस २८, २०८०
काठमाडौं
२ खर्ब ६३ अर्बले बढ्यो निक्षेप

चालु आर्थिक वर्षको पाँच महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप दुई खर्ब ६३ अर्ब ७२ करोड (४.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ११ अर्ब १५ करोड (२.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.० प्रतिशतले बढेको छ ।

२०८०  मङ्सिर  मसान्तमा  बैङ्क  तथा  वित्तीय  संस्थाहरूको  कुल  निक्षेपमा  चल्ती,  बचत  र  मुद्दती  निक्षेपको  अंश  क्रमशः  ६.३  प्रतिशत, २६.३ प्रतिशत र ६०.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.६ प्रतिशत, २५.७ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो । २०८० मङ्सिर मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.७ प्रतिशत रहेको छ । २०७९ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३७.२ प्रतिशत रहेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्