उद्योगी व्यवसायीले भारतबाट चामल आयात गर्न नसकिने बताएका छन् । भारत सरकारले चामल निर्यातमा २० प्रतिशत निर्यात शुुल्क लगाएका कारण तत्काल आयात गर्न नसकिने व्यवसायीले बताएका हुुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक लाख मेट्रिक टन चामल आयातका लागि खुला गर्न भारत सरकारलाई आग्रह गरेको थियो । नेपालको सो आग्रहमा भारत सरकारले ९५ हजार मेट्रिक टन चामल नेपाल निर्यात गर्न अनुमति दिइएको थियो । सोही अनुरूप मन्त्रालयले केही समयअघि सूचना सार्वजनिक गरी चामल आयात गर्न निजी क्षेत्रका फर्म÷कम्पनीलाई फस्र्ट कम फस्र्ट सर्भिस विधिका कारणमा बढीमा पाँच हजार मेट्रिक टनसम्म खरिद गर्न दिने भनिएको थियो ।
भारत सरकारले निर्यातका लागि तोकेको राष्ट्रिय सहकारी निर्यात लिमिटेडसँग समन्वय गर्न फर्म तथा कम्पनीलाई अनुुरोध गरेको थियो । नेपाल चामल तेल दाल उद्योग सङ्घले भने २० प्रतिशत शुुल्क तिरेर चामल आयात गर्दा महँगो पर्ने हुुँदा आयात गर्न नसकिने बताएको छ, खबर गोरखापत्रमा छापिएको छ ।