
अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीलाई लिएर फिल्म ‘खुस्मा’ निर्माणको घोषणा भएको छ ।
माघे संक्रान्तिको अवसर पारेर सोमवार फिल्मको घोषणा गरिएको हो । यो फिल्ममा धिरज र उपासनाले पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।
फिल्मलाई अशोक थापा मगरले निर्देशन गर्दैछन् । थापा विभिन्न ९ वटा अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुरस्कृत भइसकेका छन् ।
दुई वटा सुटिङ तालिकामा खिचिने फिल्मका निर्माता बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकी हुन् । ‘खुस्मा’मा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्यले फिल्म खिच्नेछन् ।
फिल्ममा धिरज र उपसनाका अलावा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु) तथा अरुण मगरको अभिनय रहनेछ । प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ ।
गोविन्द शाहीको काफिया फिल्मसले यो फिल्मलाई वितरण गर्नेछ ।