०८ साउन २०८३, शुक्रबार

विल्सनको फिल्म ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

माघ ३, २०८०
काठमाडौं
विल्सनको फिल्म ‘लाउरे एण्ड दाउरे’मा विजय बराल अनुबन्धित

अभिनेता विल्सन विक्रम राईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । 

निर्माण टिमले बुधबार विजयको फरक लुक्सको तस्वीर सार्वजनिक गर्दै फिल्ममा उनी फाइनल भएको जानकारी दिएको हो । विल्सनका अनुसार विजय यो फिल्ममा अहिलेसम्मकै फरक भूमिकामा देखिने छन् । 

फिल्मको मुख्य भूमिकामा यसअघि अभिनेता दयाहाङ राई र बुद्धि तामाङ अनुबन्धित भइसकेका छन् । विजयको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पनि बलियो बन्दै गइरहेको छ । फिल्ममा अभिनय गर्ने मुख्य अभिनेत्री र अन्य कलाकारको केही समयमा टुङ्गो लाग्ने निर्माण टिमले जानकारी दिएको छ । 

विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । 

यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् ।  फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।


 

salt training

कमेन्ट गर्नुहोस्