
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मातृभाषा कविता महोत्सवको हुने तय भएको छ । मातृभाषा दिवसको अवसरमा प्रतिष्ठानले फागुन ९ गते महोत्सव गर्न लागेको हो ।
प्रतिष्ठनले महोत्सवमा सहभागी हुन चाहने इच्छुक कविहरुसँग मातृभाषाका कविता माग गरेको छ । कविता बढीमा १५० शब्दसम्मको हुनुपर्ने र कम्प्युटरमा टाइप गरेर माघ २५ गतेभित्र आइपुग्नेगरी प्रष्ठिानमा पठाउन सूचित गरिएको छ ।