
गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमकाबीच ‘के भुल गरेथेँ र मैले’ गीतको भिडियो सार्वजनिक गरिएको हो । उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा अर्जुन थेबेको शब्द रचना र देवराज आले मगरको संगीत छ ।
कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् । भिडियोमा सन्तान नहुँदाको पारिवारिक तनावलाई देखाउन खोजिएको छ । अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ भिडियोमा फिचर्ड छन् ।
विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियोको सम्पादन निर्देशक स्वयम् कमलको रहेको छ भने कलर संयोजन राजेन्द्र मोक्तानले गरेका हुन् । गायिका उमा श्रेष्ठको अफिसियल च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।