२९ असार २०८३, सोमबार

फिल्म ‘आम नागरिक’ निर्माण हुने

माघ ११, २०८०
काठमाडौं
फिल्म ‘आम नागरिक’ निर्माण हुने

फिल्म ‘आम नागरिक’ निर्माण हुने भएको छ । 

पुष्कर राउतको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनयराज पौडेलको लेखन एवं निर्देशन रहनेछ । निर्माण पक्षले बिहीवार फस्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो । 

सार्वजनिक पोस्टरमा फिल्मका प्रमुख पात्र पछाडि फर्किएर उभिएको र उनले खुकुरी लिएको देखाइएको छ । पृष्ठभूमिमा कुनै सहरमा आन्दोलन गरिरहेको जस्तो दृश्य देखाइएको छ । 

फिल्मको लागि कलाकार छनोटको काम भइरहेको निर्माण पक्षले जनाएको छ । उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको आगामी वैशाखबाट छायांकन हुनेछ । 

यसका निर्देशक विनयले दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् । उनले केही म्युजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरेका छन् । ‘आम नागरिक’ उनको पहिलो फिचर फिल्म हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्