२६ असार २०८३, शुक्रबार

घोकन्ते शिक्षाले बेरोजगारी बढायो, प्राविधिक जनशक्ति तयार गर्नेतर्फ लाग्नुपर्छ : शेखर कोइराला

माघ १५, २०८०
काठमाडौं
घोकन्ते शिक्षाले बेरोजगारी बढायो, प्राविधिक जनशक्ति तयार गर्नेतर्फ लाग्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले परम्परागत घोकन्ते शैक्षिक प्रणालीले नेपालमा बेरोजगारी बढाइरहेको बताएका छन् ।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै नेता कोइरालाले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए ।

‘अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र अध्ययनशिल बनाउन सक्दैन तबसम्म देश समृद्धिको बाटोमा जान सक्दैन’, नेता कोइरालाले भने ।

null

अन्तर्राष्ट्रिय बजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए ।

राम्रो प्राविधिक जनशक्ति तयार गर्दा वैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउने र स्वदेशमै बस्नेले पनि राम्रो आय आर्जन गर्न सक्ने उनको भनाइ थियो ।

कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्