×

NMB BANK
NIC ASIA

बाँसबारीको सरकारी जग्गा हडपेको प्रकरण

अरुण चौधरीसँग १० घण्टा बयान - 'सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोदको पनि भूमिका छ'

काठमाडाैं | माघ २०, २०८०

NTC
Premier Steels

बाँसवारी छाला जुत्ता कारखानाको जग्गा हडपेकाे आरोपमा पक्राउ परेका अरुण चौधरीले यो प्रकरणमा दाजु विनोद चौधरीको पनि भूमिका रहेको बयान दिएका छन् । 

Muktinath Bank

पक्राउ परेका अरुणसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रवार १० घण्टा सवाल–जवाफ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा ३ जना सरकारी वकिलको रोहवरमा शुक्रवार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म लिएको बयानका क्रममा अरुणले उक्त कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी वकिल कार्यालय उच्च स्रोतका अनुसार पक्राउ परेका अरुणले बयानका क्रममा दाजु विनोदको भूमिकाका बारेमा बयान दिएका छन् ।


Advertisment
Nabil box
Kumari

’तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीको पनि भूमिका छ । उहाँकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको हो,’ सरकारी वकिल कार्यालय स्रोतले लोकान्तरसँग भन्यो ।

Vianet communication

कानूनले मिल्ने भए उक्त जग्गा फिर्ता गर्नसमेत आफू तयार रहेको स्पष्ट पारेका छन् । ’कानूनले मिल्ने भए आफ्नो नाममा आइसकेको उक्त सरकारी जग्गा फिर्ता गर्न तयार छु,’ उनले बयानमा भनेका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी ग्रुपले आफ्नो नाममा कीर्ते गरी हत्याएको आरोपमा सीआईबीले चौधरी अरुणसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरेको छ ।

सोही प्रकरणमा सीआईबीले अरुणसँगै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापा र सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ ।

यस प्रकरणमा कांग्रेसका सासंदसमेत रहेका विनोद चौधरी पनि जोडिएका छन् । सीआईबीले भाइ अरुणलाई पक्राउ गरे पनि दाजु विनोदलाई भने पक्राउ गरेको छैन ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x