३२ असार २०८३, बिहीबार

डा. भगवान कोइराला सम्मानित

माघ २०, २०८०
काठमाडौं
डा. भगवान कोइराला सम्मानित

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला सम्मानित भएका छन् ।

परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानद्वारा शनिवार आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरेका हुन् ।

हजारौं सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको हो ।

साहित्यकार प्राडा रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए । ​

प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्प्रेरणा र हौसला प्रदान गर्दै आएको छ । 

सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्‍यो ।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रुपमा रहेको बताए । उनले भने, ‘प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ । डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्