×

NMB BANK
NIC ASIA

तनहुँको चेपाङ बस्तीमा स्वास्थ्य शिविर, १ सय १२ जना लाभान्वित

तनहुँ | माघ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँको व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

Muktinath Bank

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिवार निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिविरमा समाधान हस्पिटल प्रालि, दमौली आँखा अस्पताल, ‘ए’ वान डेन्टल क्लिनिक, व्यास डाइग्नोष्टिक प्रालि र रोटर्‍याक्ट त्रिभुवन विश्वविद्यालयको प्राविधिक सहयोग थियो ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्यको सहज पहुँचबाट टाढा रहेका दुर्गम बस्तीमा हरेक वर्ष स्वास्थ्य शिविर आयोजना गर्ने योजना अनुसार रोटर्‍याक्टले दुर्गम चेपाङ बस्तीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको क्लबका अध्यक्ष अनुज विमलीले जानकारी दिए ।

Vianet communication
Laxmi Bank

शिविरबाट चेपाङ बस्तीका एक सय १२ जना लाभान्वित भएका छन् । सो अवसरमा जनरल फिजिसियन, आँखा रोग विशेषज्ञ र दाँतसम्बन्धी विशेषज्ञबाट सेवा प्रदान गरिएको थियो ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै निःशुल्क औषधि प्रदान गरिएको थियो भने निःशुल्क मधुमेह परीक्षण र रक्त समूह पहिचान गरिएको विमलीले जानकारी दिए ।

क्लबले एक घर, एक फस्ट एड किट अभियान अन्तर्गत ४६ परिवारलाई प्राथमिक उपचार सामग्री हस्तान्तरण गरिएको क्लबका सचिव उमेश पौडेलले जानकारी दिए ।

शिविरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले चेपाङ समुदाय चेतनाको स्तरमा धेरै पछाडि रहेकाले उनीहरूको स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकतामा पहुँच बढाउन सहयोग गर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x