३१ जेठ २०८३, आइतबार

कवित्रय मुकारुङ, क्षेत्री र कार्कीलाई व्यथित काव्य सम्मान

माघ २२, २०८०
काठमाडौं
कवित्रय मुकारुङ, क्षेत्री र कार्कीलाई व्यथित काव्य सम्मान

साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवि मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरेका हुन् ।​​

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले सम्मान पाउने कविहरूको परिचय गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्