×

NMB BANK
NIC ASIA

रेड्मी नोट १३ सिरिजका स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडाैं | माघ २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिजका फोन सार्वजनिक गरेको छ ।

Muktinath Bank

सोमवार  होटल अलफ्टमा आयोजित एक कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरूको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो + फाइभ जि, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी तीनै मोडेलहरूमा ग्राहकले शक्तिशाली प्रोसेसर र उच्च –स्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्नेछन् ।​


Advertisment
Nabil box
Kumari

रेडमी १३ सिरिज मार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

लन्चको अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले यी नयाँ स्मार्टफोनहरू ​डिजाइन गरिएको बताए ।​

null

'शाओमीको प्रतिबद्धता सरल छ, हामी हाम्रा सबै ग्राहकहरूलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौं', उनले भने, '​स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्टर्ड सेट गर्न पाएकोमा हामी गर्व गर्छौं र हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरूले यी नयाँ  मोडेलहरूलाई मन पराइदिनुहुनेछ ।'​

रेड्मी नोट १३ प्रो + फाइभ जि : बोल्ड स्टाइल, बेजोड पर्फर्मेन्स 

मुख्य विशेषताहरू :​

​स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्लेः ​स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो + फाइभ जि को मोटाई ८.९ एमएम र तौल २०४.५ रहको छ ।

यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२८१२२०को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ । आइपि ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो + फाइभ जि हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ ।​

बेजोड प्रदर्शन :

​रेड्मी नोट १३ प्रो + फाइभ जिमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी + २५६ जिबी र १२ जिबी + ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरूलाइ आफ्नो फाईलहरू राख्न सहजता प्रदान गर्छ । ​

null

२०० मेगापिक्सेल शटर म्याजिक :

रेड्मी नोट १३ प्रो+ फाइभ जिको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरूले फोटोग्राफीको नयाँ अनुभव लिन  सक्नेछन् । १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजिङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको  छ । ​

सुपर फास्ट चार्जिङ र आकर्षक सेन्सर :

रेड्मी नोट १३ प्रो+ फाइभ जिको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ । यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जिङ पनि अति छिटो हुन्छ । डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कृन फिङगर प्रिन्ट पनि उपलब्ध छ ।  ​​

रेड्मी नोट १३ प्रो : नयाँ ब्यालेन्स

​​​स्टाइलिश एमोलेड डिस्प्ले :

​७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ । ६.६७–इन्चको एमोलेड डिस्प्ले, २४००८१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ । साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।​

स्पीडको नयाँ परिभाषा :

मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआइ १४ मा राखिएको छ । स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी+२५६ जिबी वा १२ जिबी +५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ ।​

२०० मेगापिक्सेल क्यामेरा :​

रेड्मी नोट १३ प्रो ले तपाईंको फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुर्‍याउँदछ । ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ । यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी–पोर्ट्रेटहरूमा छुट्टै चमक ल्याउँछ ।​

सुपर चार्ज र अडियो :

रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साथ उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ ।  साथमा ६७ वाट इन–द–बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ । यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्क्रिन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ । ​​

रेड्मी नोट १३ : हरेक फिचर विशेष 

भव्य डिस्प्ले :

​७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ । यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८८१०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमर्सिभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ । साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्प्ल्याश रेजिस्ट्यान्ससहित उपलब्ध छ ।​

शक्तिशाली स्न्यापड्रागन ६८५ :

null

​स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ । एन्ड्रोइड १३ र एमआइयुआई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ । प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी र्‍याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ वा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन् । ​

१०८ मेगापिक्सेल पावरहाउस :

​रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ । रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन् । साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ ।

एक्स्ट्रा ब्याकअप :

​५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ । साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ ।

मूल्य र अफरहरू :

​    रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ ।

    रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।  

    रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८/२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।

    रेड्मी नोट १३ प्रो किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।  

    रेड्मी नोट १३ प्रो + फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा  रु. ४७,९९९ (८/२५६ जीबी) र रु. ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ ।

    त्यस्तै रेड्मी नोट १३ प्रो + फाइभ जि किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १७, २०८०

अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ ।​ फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x