२९ असार २०८३, सोमबार

दोहोरो अङ्कले बढ्यो नेप्से​

माघ २९, २०८०
काठमाडौं
दोहोरो अङ्कले बढ्यो नेप्से​

​धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार नेप्से परिसूचक १५ दशमलव ३३ अङ्कले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अङ्कले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको शेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको शेयर मूल्य ओरालो लागेको छ ।

कुल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता शेयर रु तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार एक सय २८ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु २३ करोड दुई लाख ३५ हजार चार सय ४९ बराबरको कारोबार भयो । 

यस्तै एनआरएन इन्फास्टकचर रु १६ करोड ३० लाख २५ हजार एक सय ७६, एनआईसी एसिया बैंक रु १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८, नेपाल इन्स्योरेन्स रु ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ र सोनापुर मिनरल्स रु १० करोड २७ लाख ११ हजार सात सय २८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । 

यस्तै एनआईसी एसिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्