
गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयले तीन जना शिक्षकलाई स्पष्टीकरण सोधेको छ । लामो समयदेखि विद्यालयमा बिना सूचना अनुपस्थित भएको भन्दै निर्देशनालयले मञ्जु जोशी, तारादेवी गर्बुजा र सुजन गुरुङलाई स्पष्टीकरण सोधेको हो ।
सात दिनभित्र चित्तबुझ्दो स्पष्टीकरणसहित निर्देशनालयमा उपस्थित नभएमा कारबाही हुने सूचनामा उल्लेख छ ।