×

NMB BANK
NIC ASIA

तथ्यहीन समाचारप्रति एनआईसी एशिया बैंकको ध्यानाकर्षण, भ्रमित नहुन आग्रह

काठमाडाैं | फागुन १, २०८०

NTC
Premier Steels

एनआईसी एशिया बैंकले केही सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित तथ्यहीन समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

Muktinath Bank

केही सञ्चार माध्यमहरूमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले राजीनामा दिएको लगायतका विषयहरूमा प्रकाशित समाचारप्रति बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरिवेक्षण चलिरहेको र उक्त सुपरिवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेन्डरअन्तर्गत भएकोमा केही सञ्चार माध्यमहरूले कपोलकल्पित रुपमा राष्ट्र बैंकले यस बैंकको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरू पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरू प्रकाशित भएकोमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचारहरू सम्पूर्ण रुपमा झुटा र आधारहीन रहेको तथ्य सम्बन्धित सबैको जानकारीको लागि प्रस्ट पार्दछौं ।’


Advertisment
Nabil box
Kumari

यस्तै, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेको राजीनामासँग जोडेर आएका समाचार कपोलकल्पित र हास्यास्पद रहेको बैंकले जनाएको छ ।

Vianet communication

यस प्रकारका समाचारबाट भ्रमित नहुन  पनि बैंकले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

संस्थागत सुशासन, प्रचलित कानून तथा नियमनकारी व्यवस्थाहरूको परिपालना र आम निक्षेपकर्ता, ऋणी, शेयरधनी, कर्मचारी लगायतका सम्पूर्ण सरोकारवालाहरूको हकहितको सम्वर्द्धनको विषयलाई बैंकले सदैव सर्वाधिक उच्च प्राथमिकतामा राखेको पनि बैंकले जानकारी गराएको छ ।

‘हालसम्म आम निक्षेपकर्ता, ऋणी, नियमनकारी निकायहरू, शेयरधनी, कर्मचारी एवं आम जनमानसको यस बैंक प्रतिको अगाध भरोसाको फलस्वरुप नै यस बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय एवं उत्तरदायी बैंक हुन सफल भएको तथा सबै सरोकारवालाहरूको यस बैंक प्रतिको अगाध भरोसा, आस्था, विश्वास एवं सहकार्य प्रति यस बैंक सदैव कृतज्ञ रहेको र आफ्ना ४१ लाखभन्दा बढी ग्राहकहरूको उत्कृष्ट सेवामा अनवरत रुपमा दत्तचित्त भएर लागिरहेको व्यहोरा अवगत गराउँदछौं’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x