मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
काठमाडाैं | फागुन ३, २०८०
नेपाल प्रहरीले भारतीय नागरिकलाई नेपालमा बन्धक बनाएर अमेरिका पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले बिहीवार काठमाडौंका रातोपुलको एक घरमा बन्धक बनाएर राखेका ११ जनालाई उद्धार गर्नेक्रममागिरोहलाई पक्राउ गरेको हो । बन्दक बनाउने भारतीय गिरोहका ९ जनालाई पक्राउ गरिएको बिहीवार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।
प्रहरीले भारतीय नागरिक ५८ वर्षीय इन्दुसिंह यादव, लुधियाना पञ्जाबका ५१ वर्षीय निपुन गुप्ता, नयाँ दिल्लीका ४३ वर्षीय चरनजीत सिंह, पञ्जाबकै अशोक कुमारलाई सार्वजनिक गरेको हो ।
यस्तै ताराचन्द्र कोलोनी महिपालका ५४ वर्षीय अब्दुल रहिम, पञ्जाबका ४७ वर्षीय मनीषकुमार महोत्रा, ३४ वर्षीय रवि नवाडे र राजस्थानका ४३ वर्षीय रामचन्द्र शर्मालाई पनि बिहीवार नै सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले पीडितहरूलाई अमेरिका लैजाने भन्दै भारतबाट नेपालमा ल्याएर बन्धक बनाएको बताए । ‘उहाँहरूलाई अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर बन्दक बनाएको देखियो,’ उनले भने, ‘उहाँहरूलाई ८-९ दिनदेखि बन्दक बनाएर राखेको देखिन्छ ।’
उनका अनुसार गिरोहमा संग्लग्न दलालहरूले ४ जनालाई भने २ दिनअगाडि मात्रै नेपाल ल्याएका थिए । उनीहरूलाई मेक्सिकोहुँदै अमेरिका लैजाने भन्दै नेपालमा ल्याएर पैसा बार्गेनिङ गरेको खुलेको प्रहरीको भनाइ छ । गिरोहका सदस्यहरूले बन्धक बनाएकालाई परिवारसँग बोल्न दिइ मेक्सिको आइपुगेको भन्न लगाएका थिए । यसपछि त्यहाँ भएका एजेन्टले परिवारसँग पैसा लिने गरेको प्रहरीले खुलासा गरेको छ । ‘बन्धक बनाएकालाई उनीहरूले प्रविधिको प्रयोग गरेर मेक्सिकोजस्तो सिन देखाएका थिए । यसपछि परिवारलाई विश्वासमा पारेर पैसा लिने गरेको देखिएको छ । त्यसका लागि उनीहरूले एयरलाइन्सको नक्कली पास बनाएर परिवारलाई पठाउने गरेको पनि देखिएको छ,’ पत्रकार सम्मेलनमा एसएसपी खत्रीले भने ।
प्रहरीका अनुसार पीडितहरूलाई प्रतिव्यक्ति ४५ लाख भारतीय रुपैयाँ लाग्ने र साथमा ३ हजार डलर पनि बोक्नु पर्ने भन्दै ठग्ने गरेको पाइएको छ । ४ दिनअघि पञ्जाबबाट नेपाल ल्याइएका ३४ वर्षीय भूपेन्द्र सिंहले दलालहरूले आफ्ना आफन्तबाट ४५ लाख रुपैयाँ लिएको बताए । ‘हामीहरूले भिडियो कलमा आएको बतायौं । त्यसपछि त्यहाँ परिवार नगद ४५ लाख भारू दिनुभएको छ,’ सिंहले लोकान्तरसँग हिन्दीमा भने, ‘त्यति नगरेको भए यहाँ हामीलाई मार्ने धम्की दिएका थिए ।’
यसबारे परिवारसँग सत्य बोले वा कुनै इसारा गरे दलालहरूले कुटपिट गर्ने गरेको पनि उनले बताए । उनले नेपाल प्रहरीले उद्धार गर्दा पनि आफूलाई शुरूमा विश्वास नलागेको बताए । ‘उनीहरूले सबै चिज नक्कली बनाएका थिए । हामीलाई पहिला प्रहरीले उद्धार गर्न आएको हौं भन्दा विश्वास लागेन । यिनीहरूले नै ल्याएका हुन् जस्तो लागेको थियो । तर पछि प्रहरीले सम्झाएपछि र पोशाक देखेपछि विश्वास लागेको हो,’ सिंहले लोकान्तरसँगको कुराकानीमा भने ।
प्रहरीका अनुसार पहिले उनीहरूले पहिले सोध्दा आफूहरू गार्मेन्ट र सिरकको काम गर्न आएको बताएका थिए । उनीहरूलाई विश्वास दिलाएपछि मात्रै कुरा खोलेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा अपरेसन चलाएको थियो ।
हिन्दी फिल्म ‘डंकी’मा मानव बेचबिखनको विषय भएकाले नेपाल प्रहरीले त्यसैका आधारमा अपरेसनको नाम ‘अपरेसन डंकी’ राखेको एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘यो पनि मानव तस्करीसँग जोडिएको विषय भएकाले त्यसलाई त्यही फिल्मका आधारमा नाम राखेका हौं,’ एसएसपी खत्रीले भने ।
उनका अनुसार बन्धक बनाउनलाई तस्करी गिरोहले ३ महिनादेखि घर भाडामा लिएका थिए । ‘उनीहरूले मासिक ७५ हजार रुपैयाँ तिरेर घर भाडामा ल्याएको देखिन्छ,’ एसएसपी खत्रीले भने ।
घरधनीले पनि कस्ता व्यक्तिहरू बस्न लागेका हुन् भन्ने विषय सोधीखोजी नगरी सम्झौता गरेर भाडामा दिएको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले उद्धार गरेका ११ जनालाई एक होटलमा राखिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...