×

NMB BANK
NIC ASIA

प्राकृतिक स्रोतको दोहन

स्थानीय तहकै अगुवाइमा दोहन: मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्, बस्ती नै जोखिममा

धनगढी | फागुन ४, २०८०

NTC
Premier Steels

कैलालीको गोदावरी नगरपालिकाले विभिन्न नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् गरिरहेको छ । नगरपालिकाले गोदावरी, खैराला र खुटिया नदीबाट मापदण्डविपरीत ढुंगा, बालुवा र गिट्टी उत्खनन् गरिरहेको पाइएको हो । 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीजन्य सामग्री उत्खनन्को ठेक्का दिन नगरपालिकाले तीन पटकसम्म सूचना निकालेको थियो । एउटा प्याकेजमा गोदावरी र खैराला खोला र अर्को प्याकेजमा खुटिया खोला ठेक्का लगाउने नगरपालिकाको तयारी थियो । तर, ठेक्का नलागेपछि गत असोजदेखि नगरपालिका आफैंले राजश्व संकलन गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीय सरकारबाटै नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । ‘गोदावरी, खैराला र खुटिया नदीमा मापदण्डविपरीत व्यापक दोहन भइरहेको छ । हामीले विरोध गर्दा पनि खोलामा जेसीबी रोकिएको छैन । अवैध उत्खनन्ले हाम्रो बस्ती नै जोखिममा छ,’ वडा नम्बर ४ का स्थानीय प्रदीप ढकालले भने । 

Vianet communication

null

नगरपालिकाले गोदावरी, खैराला र खुटिया नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्दा मापदण्डविपरीत गहिरो खाडल बनाएको छ । ‘गाउँ बस्तीलाई नै जोखिममा पारेर नगरपालिकाले प्राकृतिक सम्पदाको दोहन गरेको छ,’ अर्का स्थानीय नरेन्द्र थापाले भने, ‘नगरपालिकाले नदीमा पाँच वटा एक्स्काभेटरसमेत लगाएर उत्खनन गरिरहेको छ ।’

मापदण्डविपरीत उत्खनन् नगर्न निर्देशन
नगरपालिकाले नदीजन्य सामग्री उत्खनन् गर्न थालेपछि प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनाएको छ । एमालेले खबरदारी मात्रै होइन नदी निरीक्षणगरी प्रशासनसमेत गुहारेको छ ।

नगरपालिकाले मापदण्डविपरीत नदीजन्य पर्दाथ उत्खनन् तथा निकासी गर्दा नदी किनारका बस्तीहरूमा असर परेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले बताए । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको ठाउँभन्दा वरैबाट र अनुमति लिएभन्दा बढी गहिराइसम्म उत्खनन् भइरहेको उनले बताए । 

null

मापदण्डविपरीत उत्खनन् भइरहेको भन्दै एमालेले प्रशासन गुहारेपछि जिल्ला अनुगमन समितिले स्थलगत निरीक्षणसमेत गरेको छ । प्रशासनले गोदावरी नगरपालिकाका तीन नदीमा वातावरणलाई नै प्रभाव पार्नेगरी प्राकृतिक स्रोतको दोहन भएको भन्दै हस्तक्षेपसमेत गरेको छ ।

जिल्ला स्तरीय अनुगमन समितिको बैठकले अनुगमन गरेर १९ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले जानकारी दिए । ‘गोदावरीमा मापदण्डविपरीत उत्खनन् भइरहेको पायौँ । हामीले १० टिपर, ३/३ वटा ट्र्याक्टर, जेसीबीएक्स्काभेटर नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘ती साधन स्थानीय प्रशासनको जिम्मा लगाएका छौँ । मापदण्ड रहेर उत्खनन् गर्न निर्देशन पनि दिएका छौँ ।

null

समितिले खुटिया, खैराना र गोदावरी नदीको उत्खनन् भइरहेका स्थानमा अनुगमन गरेको थियो । गोदावरीमा आधा दर्जन जेसीबी प्रयोग गरेर उत्खनन् गरिएको पाइएको समितिले जनाएको छ । यस्तै, वातावरण प्रभाव मूल्याङ्कनविपरीत ५ मिटरसम्म खाल्टा खनिएको समितिले जनाएको छ । गोदावरीसँगै छिमेकी पालिका गौरीगङ्गा नगरपालिकामा पनि नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x