२२ असार २०८३, सोमबार
प्राकृतिक स्रोतको दोहन

स्थानीय तहकै अगुवाइमा दोहन: मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्, बस्ती नै जोखिममा

फागुन ४, २०८०
धनगढी
स्थानीय तहकै अगुवाइमा दोहन: मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन्, बस्ती नै जोखिममा

कैलालीको गोदावरी नगरपालिकाले विभिन्न नदीबाट मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन् गरिरहेको छ । नगरपालिकाले गोदावरी, खैराला र खुटिया नदीबाट मापदण्डविपरीत ढुंगा, बालुवा र गिट्टी उत्खनन् गरिरहेको पाइएको हो । 

null

नदीजन्य सामग्री उत्खनन्को ठेक्का दिन नगरपालिकाले तीन पटकसम्म सूचना निकालेको थियो । एउटा प्याकेजमा गोदावरी र खैराला खोला र अर्को प्याकेजमा खुटिया खोला ठेक्का लगाउने नगरपालिकाको तयारी थियो । तर, ठेक्का नलागेपछि गत असोजदेखि नगरपालिका आफैंले राजश्व संकलन गरिरहेको छ ।

स्थानीय सरकारबाटै नदीजन्य पदार्थको दोहन भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । ‘गोदावरी, खैराला र खुटिया नदीमा मापदण्डविपरीत व्यापक दोहन भइरहेको छ । हामीले विरोध गर्दा पनि खोलामा जेसीबी रोकिएको छैन । अवैध उत्खनन्ले हाम्रो बस्ती नै जोखिममा छ,’ वडा नम्बर ४ का स्थानीय प्रदीप ढकालले भने । 

null

नगरपालिकाले गोदावरी, खैराला र खुटिया नदीमा नदीजन्य पदार्थ उत्खनन् गर्दा मापदण्डविपरीत गहिरो खाडल बनाएको छ । ‘गाउँ बस्तीलाई नै जोखिममा पारेर नगरपालिकाले प्राकृतिक सम्पदाको दोहन गरेको छ,’ अर्का स्थानीय नरेन्द्र थापाले भने, ‘नगरपालिकाले नदीमा पाँच वटा एक्स्काभेटरसमेत लगाएर उत्खनन गरिरहेको छ ।’

मापदण्डविपरीत उत्खनन् नगर्न निर्देशन
नगरपालिकाले नदीजन्य सामग्री उत्खनन् गर्न थालेपछि प्रतिपक्षी दल नेकपा एमालेले भने विरोध जनाएको छ । एमालेले खबरदारी मात्रै होइन नदी निरीक्षणगरी प्रशासनसमेत गुहारेको छ ।

नगरपालिकाले मापदण्डविपरीत नदीजन्य पर्दाथ उत्खनन् तथा निकासी गर्दा नदी किनारका बस्तीहरूमा असर परेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवम् गोदावरी नगर कमिटीका अध्यक्ष गोकर्ण भट्टले बताए । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गरिएको ठाउँभन्दा वरैबाट र अनुमति लिएभन्दा बढी गहिराइसम्म उत्खनन् भइरहेको उनले बताए । 

null

मापदण्डविपरीत उत्खनन् भइरहेको भन्दै एमालेले प्रशासन गुहारेपछि जिल्ला अनुगमन समितिले स्थलगत निरीक्षणसमेत गरेको छ । प्रशासनले गोदावरी नगरपालिकाका तीन नदीमा वातावरणलाई नै प्रभाव पार्नेगरी प्राकृतिक स्रोतको दोहन भएको भन्दै हस्तक्षेपसमेत गरेको छ ।

जिल्ला स्तरीय अनुगमन समितिको बैठकले अनुगमन गरेर १९ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक प्रमुख खगराज भुसालले जानकारी दिए । ‘गोदावरीमा मापदण्डविपरीत उत्खनन् भइरहेको पायौँ । हामीले १० टिपर, ३/३ वटा ट्र्याक्टर, जेसीबीएक्स्काभेटर नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘ती साधन स्थानीय प्रशासनको जिम्मा लगाएका छौँ । मापदण्ड रहेर उत्खनन् गर्न निर्देशन पनि दिएका छौँ ।

null

समितिले खुटिया, खैराना र गोदावरी नदीको उत्खनन् भइरहेका स्थानमा अनुगमन गरेको थियो । गोदावरीमा आधा दर्जन जेसीबी प्रयोग गरेर उत्खनन् गरिएको पाइएको समितिले जनाएको छ । यस्तै, वातावरण प्रभाव मूल्याङ्कनविपरीत ५ मिटरसम्म खाल्टा खनिएको समितिले जनाएको छ । गोदावरीसँगै छिमेकी पालिका गौरीगङ्गा नगरपालिकामा पनि नदीजन्य पदार्थको अवैध उत्खनन रोकिएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्