×

NMB BANK
NIC ASIA

कांग्रेस महासमिति बैठक

सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय गर्न भन्दै कांग्रेसका २२ सदस्यले देउवालाई बुझाए हस्ताक्षर

काठमाडाैं | फागुन ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका २२ जना केन्द्रीय सदस्यले आशन्न महासमिति बैठकमा सनातन हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन भन्दै पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षर बुझाएका छन् । शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा केन्द्रस्य सदस्य शंकर भण्डारीसहित २२ सदस्यको हस्ताक्षर बुझाएका हुन् । 

Muktinath Bank

हस्ताक्षर गर्नेमा देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, शुक्रराज शर्मा, इन्द्रबहादुर बानियाँ, दिलेन्द्रप्रसाद बडू र रंगमति शाही छन् । यसैगरी विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीताकुमारी रानालगायत छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै केन्द्रीय सदस्य पुष्पा भुसाल, सारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव र डा डिला संग्रौलालगायत पनि छन् ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय सदस्यको हस्ताक्षरको नेतृत्व गरेका भण्डारीले आम जनताको भावनाअनुसार कांग्रेसले निर्णय गर्नुपर्ने बैठकमा कुरा राखेका छन् । उनले हस्ताक्षर गर्ने सदस्यको संख्या बढ्नेसमेत दाबी गरेका छन् ।

Vianet communication
Laxmi Bank

कांग्रेस महासमिति बैठक सोमवारदेखि काठमाडौंमा शुरु हुँदैछ । लक्ष्मण घिमिरे, लोकेश ढकाल लगायतका नेताले महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा निर्णय लिन माग गर्दै अभियान शुरू गरेका छन् ।

पूर्वमहामन्त्री डा शशांक कोइरालाले पनि कांग्रेस हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने बताउँदै आएका छन् ।

कांग्रेसजस्तो प्रजातान्त्रिक पार्टीले बौद्ध र किरातसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म-संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा धर्मनिरपेक्षताको पक्षमा उभिएकोप्रति केन्द्रीय सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

‘पार्टीका महासमिति सदस्यहरूले धर्मनिरपेक्षताको विपक्षमा वैदिक सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्न त्रिवेणी धाममा भएको महासमिति बैठकमा व्यापक हस्ताक्षरसहित जोडदार रूपमा माग राखेको र काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत महासमिति सदस्यहरूले सनातन हिन्दूराष्ट्रको माग गर्दै प्रस्ताव पेश गरेको ऐतिहासिक तथ्यलाई स्मरण गराउन चाहन्छौं,’ प्रस्तावमा भनिएको छ,’ यसर्थ ७ फागुनदेखि प्रारम्भ हुने महासमिति बैठकका सन्दर्भमा जारी कांग्रेसका केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजहरूमा वैदिक सनातन धर्मजस्तो बहुमत महासमिति सदस्यको भावना र आम नेपाली जनताको व्यापक चासो र चिन्ताको विषयलाई छलफलमा नल्याइएप्रति चिन्तित हुँदै हामी कांग्रेसका केन्द्रीय कार्यसमितिका सदस्यहरूले महासमितिको वैठकबाट छलफल गरेर सनातन हिन्दूराष्ट्रको पक्षमा पार्टी दृढतापूर्वक उभिन यो कार्यसमिति बैठकमा पुरक प्रस्तावको रूपमा वैदिक सनातन हिन्दूधर्मको पक्षमा यो प्रस्ताव पेश गरेका छौं ।’ 

nullnull

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x