×

NMB BANK
NIC ASIA

कांग्रेस बैठक

कांग्रेसको मूल प्रस्तावमै फरक मत, मूल विषय नै ‘डाइभर्ट’

काठमाडाैं | फागुन ४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

१४ औँ महाधिवेशनमा नेतृत्व मात्रै चयन गरेको कांग्रेसको यस पटकको महासमिति बैठक (फागुन ७ देखि १० गोदवारी)मा नीतिसम्बन्धी विमर्श गर्दै छ । तर महासमितिका लागि तयार गरिएका मुख्य तीन प्रस्ताव र यसमाथि केन्द्रीय सदस्यहरूले दिएका सुझावले मूल विषय नै ‘डाइभर्ट’ भएको छ । 

Muktinath Bank

नयाँ दल र स्वतन्त्रहरूले चुनौती दिइरहेका बेला कांग्रेसलाई नीतिगत रूपमा प्रस्ट भएर थप बलियो र प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता छ । पार्टी केन्द्रमा देखिएको फरक पक्षको उपस्थितिले मुख्य प्रस्तावमा विषयहरू नै छरिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकका लागि उपसभापति पूर्णबहादुर खड्काले मूल नीति प्रस्ताव, महामन्त्री गगन थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् । महासमितिमा जानु अघि केन्द्रीय समितिमा छलफलका लागि पेस गरिएका यी प्रस्तावका एकै विषय र सन्दर्भमा समेत द्वन्द्व देखिएको छ । 


Advertisment
Nabil box
Kumari

प्रस्तावमै प्रस्ट द्वन्द्व देखिएपछि दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा सुझाव दिँदासमेत केन्द्रीय सदस्यहरूको मत बाझिएको देखिन्छ । संस्थापनका उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा इतर पक्षकाले विरोध गर्ने देखियो । अर्कोतिर गगनले ल्याएको महाधिवेशनको कार्य तालिका, अब कहिल्यै चुनावी गठबन्धन गर्न नहुने विषयमा संस्थापन पक्षले विरोध गरेको देखिएको छ । 

Vianet communication
Laxmi Bank

एउटै विषयमा पनि बाझिए मत

गत निर्वाचन पूर्व नै माओवादीसँगै गठबन्धन गरेर कांग्रेस चुनावमा होमिएको थियो । पुस १० मा कांग्रेस सरकारमा अटाउन सकेन । तर आफ्नै कमजोरी स्विकारेर सत्ता गठबन्धनमा कांग्रेस फर्कियो । तर गठबन्धनलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने सवालमा कांग्रेसका यी मुख्य तीन प्रस्तावहरू एक अर्काका बाझिएका छन् । 

महत्त्वपूर्ण बैठक अगाडि पार्टीका आधिकारिक डकुमेन्टमा कुनै डुब्लिकेसन र विवाद नआई सहजै अगाडि बढ्नुपर्ने थियो । तर खड्का, थापा र शर्माले व्याख्या गरेका गठबन्धनसहितका कतिपय विषय मेल नखाने खालका छन् । जसले केन्द्रीय सदस्यलाई नै अलमलमा पारेको छ । 

उपसभापति खड्काले अहिलेको निर्वाचनबाट कुनै दललाई बहुमत नपुग्ने भन्दै गठबन्धनलाई बाध्यात्मक भनेका छन् । उनको प्रस्तावमा भविष्यमा फेरि गठबन्धन नगर्ने भनिएको छैन । बरु गठबन्धनको बचाउ गरेका छन् । तर साङ्गठनिक प्रस्तावमा महामन्त्री थापाले पाँच वर्ष चलाउँछौँ भनेर वाचा गरेपछि एक पटकलाई मान्ने तर अब कुनै हालतमा गठबन्धन नगर्ने विषय उल्लेख छ । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने निर्वाचन आउनु ४ वर्ष अघि छलफल गर्न आवश्यक छैन’ भन्दै गठबन्धनको बहसलाई अप्रासङ्गिक भनेका छन् । अबको चुनावमा एक्लै जाने कि मिलेर जाने भन्ने विषयमा समय आएपछि निर्णय गर्नेभन्दै उनले थापाप्रति कटाक्ष गरेका छन् । तर कोशीमा देखिएको तनावलाई साम्य गर्न नसक्ने हो भने प्रदेश र केन्द्रमा भइरहेको गठबन्धनप्रति नै प्रश्न उठ्ने आशय उनको प्रस्तावमा उल्लेख छ । 

यद्यपि गठबन्धन गरिसकेपछि भने सहमति अनुसारको समयको लागि सम्झौतामा अडिग हुनुपर्नेमा पनि दुबैबिच समान मत देखिन्छ । 

गगनले चुनावबाट कांग्रेस ठुलो पार्टी बनेको विषयलाई प्राविधिक भनेका छन् । ठुलो पार्टी बने पनि कांग्रेसले १३.२ प्रतिशत मत गुमाएको उनको तर्क छ । तर विश्वप्रकाशले भने फरक धारका दलसँग चुनावमा मिलेर जाँदा उपलब्धि हासिल भएको ठोकुवा गरेका छन् । तर गठबन्धनपछि चुनौतीरहित नभएको उनको स्वीकारोक्ति छ । 

राजनीतिक विषयलाई हेर्ने सन्दर्भमा दुवै महामन्त्रीले तयार गरेको प्रस्तावलाई भिडाएर डुप्लिेकसन नहुने गरी अगाडि बढ्ने समझदारी पनि थियो । तर चुनावी गठबन्धन, सत्ता गठबन्धनलाई हेर्ने दृष्टिकोण र आगामी चुनौतीको विषयलाई लिएर दुई महामन्त्रीले पर्याप्त समन्वय नगरेको एक नेता बताउँछन् । 

‘पछिल्लो समय दुवैले नेताको ट्युनिङ एकै थियो तर मुख्य विषयमा दुवैले समान मत बनाउने गरी समन्वय गर्न सकेको देखिएन’ कांग्रेसका ती सदस्यले भने, ‘एउटै विषयमा महामन्त्रीद्वयका फरक मत आएपछि केन्द्रीय सदस्यलाई पनि पक्ष र विपक्षमा मत राख्ने ठाउँ मिल्यो ।’

केन्द्रीय सदस्य जीतजंग बस्नेतले महामन्त्री गगन थापाको प्रस्ताव अर्को दलको जस्तो देखिएको भन्दै आलोचना गरे । 

‘पार्टीको महासमिति बैठकको पूर्व सन्ध्यामा भइरहेको यस केन्द्रीय समितिको बैठकको पहिलो दिन महामन्त्री गगन थापाज्यूले साङ्गठनिक प्रतिवेदन पेस गर्नुभएको छु उनले भनेका छन्, ‘उक्त प्रतिवेदन हेर्दा कांग्रेसलाई अर्को कुनै पार्टीमा रूपान्तरण गर्न लागेको हो कि भन्ने भान मजस्तै अन्य केन्द्रीय सदस्य साथीहरुलाई लागेको होला भन्ने मेरो विश्वास छ।’ गोप्य भनिएको प्रस्ताव समाचार लेखाउन मिडियालाई बाँडिएको भन्दै उनले आलोचना गरे । 

केन्द्रीय सदस्य प्रदीप पौडेलले तीन नेताले दाबी गरेर ल्याएको प्रस्तावले आम मानिसलाई आशा देखाउन नसकेको बताए । ‘कांग्रेसले यत्ति ठुलो महासमिति बैठक गर्दै गर्दा नागरिकहरू हाम्रो लागि फाइदा हुने के निर्णय कांग्रेसले गर्ला भनेर बसेका छन्’ पौडेलले भने, ‘तर हाम्रा तीन वटै प्रस्तावमा आम मानिसलाई आशा देखाउने गरी कुनै सम्बोधन गर्न सकिएको छैन ।’ 

समस्या मात्रै देखाएर नहुने भन्दै समाधान दिने गरी महासमितिमा प्रस्तावमाथि छलफल हुनुपर्ने भए पनि लामो व्याख्यामा पनि विषय त्यसरी नआएको उनको भनाइ थियो ।

डा. शेखर कोइरालाले त पेस भएका प्रस्तावमा सत्ता गठबन्धनको छाया देखिएको भन्दै आलोचना गरे ।

‘यहाँ प्रस्तुत प्रतिवेदन र दस्ताबेजहरू हेर्दा कता–कता गठबन्धनको  छाया परेको हो कि जस्तो देखियो,’ २ नम्बर बुँदामा उनले भनेका छन्, ‘महासमिति बैठकमा प्रस्तुत हुने प्रस्तावहरू कांग्रेस पार्टीको मौलिकतामा आधारित पर्थ्यो त्यो देखिएन ।’ 

। अहिलेको निर्वाचन पद्धतिले कुनै दलको बहुमत आउने अवस्था नदेखिएको भन्दै कोइरालाले निर्वाचन प्रणाली नै परिवर्तन गर्न कांग्रेसले अगुवाइ गर्नुपर्ने बताएका छन् । 

उनले महामन्त्री थापाले ल्याएको २०८२ मंसिरमा महाधिवेशन गर्ने कार्य तालिका उचित भएको जनाएका छन् । अब कुनै पनि तहको चुनावमा कांग्रेसले तालमेल गर्नै नहुने विषयलाई कोइरालाले प्राथमिकतासाथ उठाएका छन् । 

देश धर्मनिरपेक्षताका गएको लामो समय भइसकेको छ । तर कांग्रेसभित्रका हिन्दवादीहरू महासमितिको छेको पारेर फेरि एकताबद्ध भएका छन् । तीन वटै प्रस्तावमा धर्मको विषय उल्लेख छैन । तर सनातन हिन्दु राष्ट्रको महाअभियानको अगुवाइ गरेका केन्द्रीय सदस्य शंकर भण्डारीले २२ केन्द्रीय सदस्यको हस्ताक्षरसहित केन्द्रीय समितिका प्रस्तुत गर्दै पूरक प्रस्ताव नै दर्ता गराएका छन् ।

महासमिति सदस्यहरूको पनि हस्ताक्षर संकलन गरेर पार्टीलाई बुझाउने उनीहरूको तयारी छ । यसको लागि उनीहरूले शनिबार घोषणापत्र जारी गर्ने र एजेन्डा सार्वजनिक गर्ने तयारी छन् । केही समय अघि सभापति शेरबहादुर देउवाले नै धर्म निरपेक्षताको विषयमा पार्टीमा छलफल हुन सक्ने बताएपछि हिन्दूवादी झन् हौसिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x