×

NMB BANK
NIC ASIA

एक रुपैयाँवाला क्यान्टिनको वास्तविकता

क्यान्टिनको ठेक्का हत्याउन यतिसम्म झुट: १ रुपैयाँमा सेल रोटी, गाजरको हलुवा पनि १ मै !

काठमाडाैं | फागुन ६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

जिल्ला प्रशासन कार्यालय काठमाडौंको क्यान्टिनमा पुग्नुभयो भने उसिनेको वा फ्राइ गरेको मकै १ रुपैयाँ प्रतिगोटा, सेल रोटी १ रुपैयाँ प्रतिगोटा लेखेर मूल्य सूची टाँसेको देख्नुहुन्छ ।

Muktinath Bank

यति मात्र हैन, ब्रेड सादा १ रुपैयाँ प्रतिगोटा, दूध कर्नफ्लेक्स (दूध ३ सय एमएल र कर्न फ्लेक्स ५० ग्राम) १ रुपैयाँ, हलुवा प्रतिप्लेट १ रुपैयाँ, गाजरको हलुवा प्रतिप्लेट १ रुपैयाँ, पापड प्रतिगोटा १ रुपैयाँ, चिउरा ५० ग्राम १ रुपैयाँ निर्धारण गरिएको समेत मूल्य सूचीमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, तपाईं ग्राहक बनेर पुग्नुभयो भने यो मूल्यमा कुनै पनि परिकार पाइँदैन । ठेक्का हत्याउन अस्वाभाविक मूल्य प्रस्ताव गरिए पनि वास्तविकतामा भने विभिन्न बहाना बनाएर छल्ने गरेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

null

Vianet communication
Laxmi Bank

सूचीमा अन्य कतिपय परिकारको मूल्य समेत अस्वाभाविक देखिन्छ ।

जिरा मसिनो चामलको भात, दाल, तरकारी, साग, अचार, खसीको मासु (स्ट्यान्डर्ड साइजका कम्तीमा ४ पिस मासु) सहितको खाना सेटको मूल्य १२४ रुपैयाँ, जिरा मसिनो चामलको भात, दाल, तरकारी, साग, अचार, कुखुराको मासु (स्ट्यान्डर्ड साइजका कम्तीमा ४ पिस) सहितको खाना सेटको मूल्य १०२ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी सुख्खा रोटी/नान रोटी सेट (३ पिस), तरकारी, साग, अचारसहितको सेट ४३ रुपैयाँ, तरकारी प्रतिप्लेट १० रुपैयाँ, आलु फ्राइ प्रतिप्लेट १० रुपैयाँ, समोसा प्रतिगोटा १४ रुपैयाँ, समोसा २ चाट प्रतिप्लेट ४० रुपैयाँ, पकौडा १० वटा प्रतिप्लेट २८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

null

कुखुराको मासु चिउरा सेट (कुखुरा मासु स्ट्यान्डर्ड साइजका कम्तीमा ४ पिस , चिउरा, अचार) को प्रति सेट ५७ रुपैयाँ, खसीको स्ट्यान्डर्ड साइजका कम्तीमा ४ पिस मासु, चिउरा, अचार, तरकारी, भटमाससहितको खाजा सेटको मूल्य ७३ रुपैयाँ निर्धारण गरिएको छ ।

चना/केराउ तरकारी १० रुपैयाँ, चाउमिन भेज प्रतिप्लेट ४० रुपैयाँ, चाउमिन ननभेज (चिकेन) प्रतिप्लेट ५१ रुपैयाँ, चाउमिन ननभेज (अण्डा) प्रतिप्लेट ५१ रुपैयाँ, चाउचाउ (रारा/वाइवाइ) प्रतिप्लेट २८ रुपैयाँ, अण्डा (अम्लेट/ब्वाइल)प्रतिप्लेट २१ रुपैयाँ निर्धारण गरिएको छ ।

खीर प्रतिप्लेट ३४ रुपैयाँ, फलफूल मिक्स सेट ३४ रुपैयाँ, थुप्पा भेज प्रतिप्लेट २८ रुपैयाँ, थुप्पा ननभेज प्रतिप्लेट ४० रुपैयाँ, म:म (भेज स्ट्यान्डर्ड साइज १० वटा ) प्रतिप्लेट २८ रुपैयाँ, म:म (चिकेन स्ट्यान्डर्ड साइज १० वटा ) प्रतिप्लेट ७१ रुपैयाँ निर्धारण गरिएको छ ।

कोल्डड्रिंक्स २५० एमएल प्रतिगोटा ५७ रुपैयाँ, चिया स्पेसल दूध भएको प्रतिकप १७ रुपैयाँ, कालो चिया प्रतिकप ५ रुपैयाँ , हट लेमन प्रतिकप ७ रुपैयाँ, हट लेमन विथ हनी प्रति प ९ रुपैयाँ, कफी स्पेसल दूध भएको प्रतिकप २८ रुपैयाँ, कफी कालो प्रतिकप ११ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

त्यसैगरी दही (३ सय एमएल) ३४ रुपैयाँ, दूध ३ सय एमएल १७ रुपैयाँ, जेरी पुरी तरकारी (जेरी २, पुरी २) सेटको २८ रुपैयाँ, फ्रेस जुस (२०० एमएल ) २८ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

माथि उल्लेख गरिएको दररेट सर्वसाधारण सेवाग्राहीका लागि हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई माथि उल्लेख गरिएको दरभन्दा १५ प्रतिशत थप सहुलियत उपलब्ध हुने सम्झौतामा उल्लेख छ ।

चौधरी खाजाघरकी सञ्चालिका विमला चौधरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अत्यन्त कम मूल्य प्रस्ताव गरेर ठेक्का हात पारेकी हुन् । विगतमा पनि सबैभन्दा कम मूल्य प्रस्ताव गरेर ठेक्का लिने गरेको चौधरी खाजाघरले यसपटक पनि माथि उल्लेख गरिएको दर प्रस्ताव गरेर २०८० माघ १४ गते ठेक्का हात पारेको हो ।

उक्त क्यान्टिनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तोकिदिएको मूल्य सूची राखिएको छ ।

null

१ रुपैयाँ प्रतिआइटम भनिएको कुनै खाजा त्यहाँ उपलब्ध हुँदैनन् । माग्दा सकियो भन्ने जवाफ आउने गरेको छ ।

फागुन ४ गते लोकान्तरकर्मी उक्त क्यान्टिनमा पुगेर १/१ रुपैयाँ पर्ने उसिनेको मकै, सेल रोटी, गाजरको हलुवा माग्दा क्यान्टिन सञ्चालिका विमला चौधरीले 'छैन' भन्ने जवाफ दिइन् ।

'यो त कर्मचारीका लागि मात्र हो । यति कम मूल्यमा सेवाग्राहीलाई पनि बेच्ने हो भने त सकिन्न नि,' उनले थपिन, 'हामीले मासिक ३० हजार रुपैयाँ त भाडा नै तिर्नुपर्छ ।'

तर, त्यही कार्यरत एक कर्मचारीले पनि मूल्य सूचीमा लेखेअनुसार मूल्य र गुणस्तरमा खाजा उपलब्ध नहुने बताए ।

'ठेक्का पार्न कम मूल्य प्रस्ताव गरेका हुन्, न त्यो मूल्यमा भनेअनुसार खाजा पाइन्छ, न गुणस्तर नै त्यसअनुसार हुन्छ,' ती कर्मचारीले लोकान्तरसँग भने ।

सम्झौता पत्र:

nullnull

nullnull

मूल्य सूचीमा जे लेखिए पनि बढी मूल्य लिने गरेको अर्का कर्मचारी बताउँछन् ।

'मूल्य सूचीमा प्रस्ताव गरिएको दरमै सेवाग्राहीले खाना, खाजासहितका ४२ आइटम पाउने भन्ने कुरा त्यहाँ पुग्ने सेवाग्राहीलाई थाहा हुँदैन,' जिल्ला प्रशासन कार्यालय काठमाडौंमा कार्यरत ती कर्मचारीले लोकान्तरसँग भने, 'यो त कर्मचारीका लागि मात्र लेखिएको मूल्य हो भन्दै सेवाग्राहीसँग बढी मूल्य लिने गरिएको छ ।'

मूल्य सूचीअनुसार खाजा उपलब्ध नभएका विषयमा सोधखोज गरेपछि क्यान्टिन सञ्चालिका विमलाकी छोरी सुरिका चौधरीले पटक-पटक फोन गरेर समाचार नलेख्न आग्रह गरिन् ।

'क्यान्टिनको बारेमा समाचार लेख्न, फोटो छाप्न तपाईंले मेरो कन्सेन्ट लिनुपर्छ । मेरो कन्सेन्टबेगर समाचार छाप्न पाउनुहुन्न,' उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रवक्ता समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले त्यहाँ उल्लेख भएको मूल्य सूची सेवाग्राहीकै लागि भएको बताए ।

'त्यहाँ राखिएको मूल्य सूची सेवाग्राहीकै लागि हो । सुरक्षाकर्मीसहित जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीलाई थप १५ प्रतिशत डिस्काउन्टमा दिने भनेर सम्झौता गरिएको छ,' शर्माले लोकान्तरसँग भने, 'यदि तोकिएको दरमा खाना, खाजा दिने गरिएको छैन भन्ने प्रमाण भेटिए कारबाही हुन्छ ।'

यस्तो अवस्थामा तत्काल स्पष्टीकरण सोधेर ठेक्का समेत रद्द गर्न सकिने उनले बताए ।

null
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x