×

NMB BANK
NIC ASIA

एमाले कैलालीमा निर्वाचन हुने निश्चित, लेखराज-कर्ण प्रतिस्पर्धामा तेस्रो पक्षको ‘इन्ट्री’ !

कैलाली | फागुन ७, २०८०

NTC
Premier Steels

कैलालीको सुख्खडमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा निर्वाचन हुने भएको छ । सहमतिका लागि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि निर्वाचन हुने लगभग निश्चित भएको हो ।

Muktinath Bank

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेसँगै शुरू भएको अधिवेशनमा सहमतिका लागि पटक–पटक छलफल भए पनि निष्कर्ष निस्किन नसकेको एक नेताले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सक्षम र मजबुत नेतृत्व चयन गर्न प्रतिनिधिहरूलाई निर्देशन दिएका थिए । ‘सहमतिका लागि अधिकतम प्रयास गर्नुस्, भएन भने निर्वाचनबाट नेतृत्व चयन गर्नुस्,’ ओलीले भनेका थिए ।


Advertisment
Nabil box
Kumari

ओलीको निर्देशनपछि भएको छलफलमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।

Vianet communication

स्रोतका अनुसार सचिव पदका लागि इच्छापत्र पेश गरेका कैलाली जिल्लाका उपसचिव ममताप्रसाद चौधरीले पनि छलफलका क्रममा अध्यक्ष पदमा दाबी गरेका छन् ।

लोकान्तरसँग प्रतिक्रिया दिँदै चौधरीले अध्यक्ष पदमा दाबी रहेको बताए ।

‘दाबी निश्चित रूपमा रहन्छ, अहिले नै निर्वाचन प्रक्रिया शुरू भएको छैन । नेतृत्व गर्न म सक्षम छु,’ चौधरीले भने । 

‘नेतृत्व चयनका लागि केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य दामोदर भण्डारी लगायतका नेता र उम्मेदवारका बीचमा भएको छलफलले निष्कर्ष निकाल्न सकेन । अब निर्वाचन हुने लगभग निश्चित छ,’ एक प्रतिनिधिले भने । 

सहमतिका लागि भएको छलफलमा केन्द्रीय नेताहरूले ‘लाइन क्लियर’ गरेका छन् । 

कैलालीको नेतृत्वको लागि ३ जना आकांक्षी छन् । केन्द्रीय सचिव भट्टले कैलाली जिल्ला कार्यबाहक अध्यक्ष दुर्गा जोशीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् ।

जोशी र भट्टको पहाड घर डोटी नै हो । निर्वाचनमा निर्णायक बन्दै आएको डोटी फ्याक्टरले जोशीका पक्षमा भोट दिने प्रस्ट छ । भट्टका स्वकीय सचिव हितेश ओझा पनि कैलाली जिल्ला सचिव पदमा दाबेदार छन् ।  

स्थायी कमिटी सदस्य कर्ण थापाले भने कैलाली जिल्ला सचिव डेजी पाण्डेलाई अध्यक्ष बनाउन लबिङ गरिरहेका छन् । थापाको बाजुरा र पाण्डेको पुर्ख्यौली घर अछामका हो । 

बाजुरा–अछाम समुदाय सँगै कैलालीको पूर्वी क्षेत्रको भोट पाण्डेलाई आउने आकलन गरिएको छ । कैलालीका उपसचिव रहेका ममताप्रसाद चौधरीलाई पाण्डे समूहबाट सचिव पदका दाबेदार मानिएको थियो ।

चौधरीले पनि दाबी गरेपछि समीकरण तलमाथि पर्ने देखिन्छ ।

एमाले केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका पूर्व अध्यक्ष दामोदर भण्डारीले भने अध्यक्षमा पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुंगानालाई सघाइरहेका छन् । यहाँ बैतडी र अछाम फ्याक्टरले काम गर्ने अनुमान गरिएको छ ।

हाल बैतडी घर रहेका भण्डारीले अध्यक्षमा सघाइरहेका ढुंगानाको पुर्ख्यौली घर अछाम हो । उनको टीमबाट सचिव पदमा बैतडी समुदायकै विष्णु चन्द र आनन्दप्रसाद भट्ट आकांक्षी छन् । केन्द्रीय सचिव भट्ट र केन्द्रीय कमिटी सदस्य भण्डारी एमाले महासचिव शंकर पोखरेलसँग निकट छन् भने स्थायी कमिटी सदस्य कर्ण थापा उपाध्यक्ष विष्णु पौडेलसँग निकट मानिन्छन् ।

केन्द्रीय नेताहरूले तीनथरि लबिङ गर्न थालेपछि पार्टी अध्यक्ष ओलीले ममतालाई अध्यक्षका लागि ग्रीन सिग्नल दिएको स्रोतको दाबी छ । चौधरीको इन्ट्रीले समीकरण रोचक बनेको छ ।

सहमतिका लागि अन्तिमपटक सर्वपक्षीय बैठक बस्ने बताइएको छ । बैठकबाट सहमति जुट्न नसके निर्वाचन प्रक्रिया शुरू हुनेछ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x