२२ असार २०८३, सोमबार

बुटवल क्याम्पसका प्रमुखको कुर्सी रुखमा !

फागुन १०, २०८०
बुटवल
बुटवल क्याम्पसका प्रमुखको कुर्सी रुखमा !

पश्चिम क्षेत्रकै पुरानो आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनले क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् ।  बिहीवार नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल छैटौँले क्याम्पस प्रमुख डा खिमानन्द न्यौपानको कुर्सी रुखमा राखिदिएका हुन् ।

क्याम्पसको मूल गेटमा अनेरास्ववियुको स्वागत बोर्ड राखिएको विषयलाई लिएर ती विद्यार्थी संगठन क्याम्पस प्रमुखविरुद्ध खनिएका हुन् । यसैबीच उनको कुर्सी रुखमा लगेर राखिएको नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति कृष्ण खनालले बताए ।

फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक संगठनहरू, स्वतन्त्र विद्यार्थी युनियनका (स्ववियु), विद्यार्थी संगठनहरूको सर्वदलीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्नुको साटो क्याम्पस प्रमुखले बोर्ड राख्न दिएकाले आफूहरू बाध्य भएर उनको कुर्सी रुखमा राखिदिएको उनको भनाइ छ ।  

‘फागुन ६ गते क्याम्पस प्रशासन, प्राध्यापक, संगठनहरू, स्ववियु र विद्यार्थी संगठनहरूको बैठकले क्याम्पसको मूल गेटनजिक रहेको स्ववियु बोर्डमा लेखिएको अभिवादन शब्द परिमार्जन गरी नमस्कार लेख्ने सहमति भएको थियो,’ खनालले भने ‘क्याम्पसभित्र रहेका तीनवटा चौतारीमा लेखिएको जय नेपाल र मन्दिरमा राखिएको राष्ट्रिय झण्डाको नजिकै राखिएको अनेरास्ववियुको झण्डा हटाउने सहमति भएको थियो ।’

नेविसंघ र अखिल छैटौँले स्वागत बोर्ड अनेरास्ववियुले राखेको बताए पनि सो संगठनका नेताहरूले भने आफूहरूले नराखेको दाबी गरेका छन् ।

स्ववियु सभापति दुर्गाबहादुर एमसीले बैठक बसेर मिलाउन सकिने विषयमा भएता पनि नेविसंघ र अखिल छैटौँले गैरजिम्मेवारी देखाएको बताए । ‘यो विषय बैठक बसेर मिलाउन सकिने विषय थिए । क्याम्पस प्रमुखको कुर्सी नै रुखमा लगेर राख्नेसम्मको जुन हर्कत भएका छन् । यसमा स्ववियुले घोर भर्त्सना गर्छ,’ सभापति एमसीले भने । 

विद्यार्थी संगठनले राजनीतिक अखडा बनाउँदा पठनपाठनसमेत प्रभावित हुँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्