264 shares
कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो । जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।