०६ साउन २०८३, बुधबार

नयाँ वान युआई अपडेटले सामसङ ग्यालेक्सीमा एआईको अनुभव

फागुन १२, २०८०
काठमाडौं
नयाँ वान युआई अपडेटले सामसङ ग्यालेक्सीमा एआईको अनुभव

मोबाइल एआईको विश्वव्यापी विस्तारलाई गति दिन सामसङले ग्यालेक्सी एआईको अनुभव आफ्नो नयाँ मोडलहरूमा उपलब्ध गराउने भएको छ ।​

सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यमबाट अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजहरूमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआई उपलब्ध हुने जनाइएको छ ।

हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसँग आबद्ध यो अद्यावधिकले अन डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत प्रयोगकर्ताहरूको मोबाइल एआई अनुभवको स्तरलाई उकास्ने कम्पनीले जनाएको छ । 

‘ग्यालेक्सी एआईसँग हाम्रो लक्ष्य मोबाइल एआईको नयाँ युगको जननी बन्ने मात्र नभई मोबाइल एआई अझ बढी पहुँच योग्य बनाएर प्रयोगकर्ताहरूलाई सशक्त बनाउनु पनि हो’, सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष टीएम र्‍होले भने ।

यो योजना सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरूसम्म पुर्‍याउने उनले जानकारी दिए ।

उनका अनुसार मोबाइल एआईको असीमित सम्भावनाहरूको उपयोगका लागि नवीन उपायहरूको खोजी जारी राख्नु रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्