×

NMB BANK
NIC ASIA

अभिभावक गुमाएकी खेलाडी रियाको वेदना : आर्थिक अभावले उच्च शिक्षा प्राप्तिको चाहना अधुरो !

काठमाडाैं | फागुन १२, २०८०

NTC
Premier Steels
  • शेरबहादुर सिंह

    Muktinath Bank

कराँते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डा चौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् ।


Advertisment
Nabil box
Kumari

उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् । कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक-पटक विद्यालय धाइन् तर धेरै शुल्क तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।

Vianet communication

केही दिनअघि कराँतेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ । तर स्नातक तह पढ्न बाटो खुले पनि उनको कमजोर आर्थिक अवस्थाका कारण हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन् । उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।

'कक्षा ३ देखि ‘प्लस टू’सम्मको रु तीन लाख ६१ हजार शुल्क तिर्न बाँकी थियो', रियाले भनिन्, 'आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ ।' पूर्वप्रशिक्षक सिंहले विद्यालयको रु दुई लाख ५० हजार शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसईई र ‘प्लस टू’ को प्रमाणपत्र पाएकी छिन् । अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दैछिन् ।

पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो कराँतेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए । त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराँते प्रशिक्षक विमल खडायत, मदन नाथ र दीपक चन्दले कराँते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए ।

'मकेन्द्र गुरु मेरो बारेमा जान्न बुझ्न घरमै आए', रियाले भनिन् । अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको रु दुई लाख ५० हजार शुल्क तिरिदिए । विद्यालयले अढाइ लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन् । बाँकी रु एक लाख ११ हजार शुल्क उनको विद्यालयले मिनाहा गरिदियो ।

अठार वर्षीया रिया कराँतेकी पदकधारी खेलाडी हुन् । शुल्क तिर्न बाँकी रहेको कुरा उनले साथीभाइ र प्रशिक्षकहरूलाई अवगत गराएकी थिइन् तर कहीँकतैबाट पनि सहयोग जुटेन । 'शैक्षिक प्रमाणपत्र लिन पटक-पटक विद्यालय धाए, तर विद्यालय प्रशासनले शुल्क नतिर्दा दिन नसकिने बतायो', रिया भन्छिन्–'शुल्कका विद्यालयबाट फोन आउन थालेपछि दुई महिनासम्म मोबाइल बन्द गरेर बसेँ ।'​​

रिया कराँतेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छिन् । उनले २०७४ माघदेखि कराँते खेल्न थालेकी हुन् । यसबीचमा रियाले छवटा पदक प्राप्त गरेको बताइन् । उनी हाल मधेश प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराँते प्रतियोगिताको तयारीमा जुटेकी छिन् । त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराँते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छिन् ।​​

रियाको दैनिकी कष्टकर छ । उनका बुवा चञ्चलसिंहको डेढ वर्षअघि निधन भएपछि आर्थिक अवस्था नाजुक बनेको छ । उनका बुवा भारतमा सवारी चालक थिए । त्यही बापतको कमाइले चञ्चलसिंहका चार सन्तानको जीविका चलेको थियो । 'सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ', उनले आफ्नो परिवारको अवस्थाबारे सुनाइन् ।

विद्यालयमा भर्ना भएदेखि नै विद्यालयको शुल्क बक्यौता रहँदा रियालाई अध्ययन गर्न सकस हुँदै आएको थियो । 'मेरा साथीहरू स्नातक पढ्दैछन्, म भने कागजात जुटाउनमै रहेँ,' उनले भनिन् । डायमण्ड विद्यालयमा उनीसँगै उनका भाइको पनि शुल्क तिर्न बाँकी थियो । डायमण्ड पब्लिक ऐकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ । अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुबाहेक विकल्प छैन । 'मसित स्नातक तह पढ्न खर्च छैन,' रियाले पीडा सुनाइन् ।​​

गड्डाचौकी कराँते डोजोबाट कराँते खेल्दै आएकी रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गरेकी छिन् । अब उनको धोको स्वर्ण पदक जित्नेछ । 'बुवा बितेपछि खेलको नतिजा आफ्नो पक्षमा पार्न सकिँन', उनले भनिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन् । कराँते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी छिन् ।

'बुवाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु', रियाले भनिन्, 'कक्षा ११ र १२ पढाइ साथीभाइहरूसँग पुस्तक मागेरै सिध्याए ।' स्नातक तह पढ्नका लागि पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन् । 'खेल अभ्यास र पढाइ सँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन', रियाले भनिन् ।​

विसं २०५१ देखि २०६३ सम्म कराँते प्रशिक्षकका रुपमा काम गरेका सिंहले रियालाई सक्दो सहयोग गर्ने बताए । उनले भने, 'समस्यामा परेका खेलाडीलाई सहयोग गर्नु मेरो दायित्व हो, म उनलाई सक्दो सहयोग गर्छु ।'​

कराँतेको अनुशासित र सङ्घर्षशील खेलाडीको परिचय बनाएकी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x