१२ साउन २०८३, मंगलबार

दुईवटा शो ल्याउँदै कमेडियन सुन्दर खनाल

फागुन १३, २०८०
काठमाडौं
दुईवटा शो ल्याउँदै कमेडियन सुन्दर खनाल

कमेडियन सुन्दर खनाल नयाँ शो ल्याउने तयारीमा जुटेका छन् । 

केही समययता दुईवटा शोको तयारी भइरहेको उनले बताए । जसमध्ये तत्काल एउटा युट्युब शो सुरु गर्दैछन् । ‘द क्यान्डिड टक’ नाममा ल्याउने तयारीमा रहेको उक्त शो चैतको पहिलो साताबाट ‘अनएअर’ गर्ने योजना उनको छ । यो शोमा दुई सेलिब्रेटीलाई अतिथि बनाइनेछ । र, उनीहरुले नै एक आपसमा कुराकानी गर्नेछन् । ‘अर्को कमेडी शोको तयारी भइरहेको छ । त्यसमा हामी टिम नै छौं’ सुन्दरले लोकान्तरसँग भने, ‘अहिले एजेन्सी र टेलिभिजनसँग कुरा भइरहेको छ । तयारी पुरा भएपछि खुलाउनेछौँ ।’ 

शो कहिलेदेखि सुरु हुने र नाम के रहने तय भइसकेको छैन । सुन्दर कमेडी च्याम्पियन सिजन २ बाट चर्चामा आएका हुन् । 

त्यसयता ‘कमेडी क्लव विथ च्याम्पियन’बाट उनले दर्शकको मन जिते । यस वर्षको गाईजात्रामा उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्