×

NIC ASIA

उदीयमान कमेडियन​

सुन्दर खनालको कमेडी यात्रा : स्कूलमा 'क्यारिकेचर' गर्दा साथीहरूले फुर्काउँथे

‘तक्मे बुढा’ले ६० हजार पारिश्रमिक लिएर महोत्सवमा आउँदैछन् भन्ने कुरा जब सुन्दरको कानमा पर्‍यो

काठमाडाैं | फागुन १२, २०८०

Prabhu Bank
NTC
Premier Steels

सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ‘मेरी बास्सै’ भित्रका क्यारेक्टरहरू पनि निकै हिट थिए । सिरियलमा सिताराम कट्टेलले गर्ने ‘खड्काजी’को क्यारेक्टर निकै चर्चित थियो । ‘साथीहरू पनि खड्काजीको क्यारिकेचर गर्थे । म पनि साथीहरूमाझ त्यो क्यारिकेचर गर्थेँ’ सुन्दरले भने, ‘त्यससमय अरुको क्यारिकेचरभन्दा मेरो राम्रो भयो भन्दै साथीहरू फुर्काउँथे ।’ 

Muktinath Bank

null


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तनहुँका सुन्दरले सोही वर्ष आरजे तालिम लिएका थिए । तालिमकै दौरानमा चटपटे कार्यक्रम बनाउनुपर्ने ‘सेगमेन्ट’ थियो । जसमा सुन्दरले ‘खड्काजी’सँगै केपी ओलीलगायतको क्यारिकेचर गरे । त्यसलाई पनि तालिममा सहभागीहरूले मन पराएपछि उनमा क्यारिकेचरतर्फ उत्साह बढ्न थाल्यो । 


Advertisment
Nabil box
Kumari

‘भद्रगोल’ सिरियल पनि भर्खरै शुरू भएको थियो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’लगायतको समेत सुन्दरले क्यारिकेचर गर्न थाले । कक्षा १० मा पढ्दै गर्दा उनले स्कूलमा २ वटा कार्यक्रममा क्यारिकेचर प्रस्तुत गरे । केही महिनापछि महोत्सवमा समेत प्रस्तुति दिए । आफ्नै आग्रहमा महोत्सवमा पुगेर प्रस्तुति दिएका कारण पारिश्रमिकको अपेक्षा राखेका थिएनन् । स्टेजबाट झर्नासाथ ५ हजार रुपैयाँ पाए । क्यारिकेचर गर्न शुरू गरेकै बेला पैसा पाएपछि उनमा क्यारिकेचरतर्फ रुचि अझ बढ्दै गयो ।

Vianet communication

null

सुन्दरले एसएलसी दिएपछिको कुरा हो । हास्य कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’ उनको जिल्लामा प्रस्तुतिका लागि आउने तय थियो । हल्ला चल्यो, – ‘तक्मे बुढा’ले ६० हजार पारिश्रमिक लिने गरी दमौली आउँदैछन् । 

‘ओहो ! आधा घण्टा प्रस्तुति दिँदा त्यति धेरै कमाइ भन्ने भयो,’ सुन्दरले भने, ‘त्यो कुराले मलाई कमेडियन बन्दा राम्रो कमाइ हुनेरहेछ । म कलाकारिता क्षेत्रमै लाग्नुपर्छ भन्ने सोँच बढ्योजस्तो लाग्छ ।’ 

सुन्दरले स्याङजा, नवलपरासी, तनहुँका कार्यक्रममा पुगेर प्रस्तुति दिइसकेका थिए । दमौलीको रेडियोमा आरजे थिए । त्यतिबेला रेडियो अडियोको क्रेज राम्रो थियो । कमेडियनका लागि रेडियो अडियो राम्रो ठाउँ हो भन्ने सुन्दरको बुझाइ थियो । काठमाडौं आएर रेडियोमा केही महिना काम गरे । रेडियो छाडेको केही समयपछि अरुको युट्युबका लागि अन्तर्वार्ता लिन थाले । त्यसले उनको अन्य कलाकार एवं दर्शकमा हिमचिम बढाउन भूमिका खेल्यो । 

सांगीतिक क्षेत्रदेखि चलचित्रका थुप्रै कलाकारहरूको उनले भिडियो अन्तर्वार्ता गरेका थिए । त्यसबेला उनलाई कलाकारभन्दा पनि पत्रकार, भिजेको रूपमा चिन्नेहरू बढे ।

‘सुमन कार्की (कमेडियन)र म सँगसँगैजसो आएका थियौं । तर, सुमन कलाकारितामा हिँडिरहनुभएको छ म चाहिँ अन्तर्वार्ता लिएर हिँडिरहेको थिएँ,’ सुन्दरले भने, ‘सुमनलाई कलाकार भनिरहेका छन् । मलाई त पत्रकार भनिरहेका छन् भन्ने मनमा हुन थाल्यो । त्यसपछि म पनि कलाकार बन्नुपर्छ भन्ने लागेर बिस्तारै अन्तर्वार्ता लिनबाट साइड लागेँ ।’ 

null

त्यसपछि उनी कसरी कलाकार बन्न सकिन्छ भन्ने खोजीमा लागे । त्यही क्रममा राजु मास्टरको ‘ह्वाट’ सिरियलमा जोडिए । राजु मास्टर र बल्छी धुर्वेको ‘हल्का रमाइलो’मा काम गरे । त्यसपछि सिरियल ‘रिसानी माफ’मा अभिनय गर्न थाले । राजा राजेन्द्र पोखरेल, सुबोध गौतम, दिनेश काफ्ले, प्रभात लामा लगायतसँग मिलेर नेपाली कमेडी शो शुरू गरे । टेलिभिजनमा प्रसारणमा आएको उक्त शोमा सुन्दरले लेख्ने, स्ट्याण्ड अप कमेडी गर्ने गरे । 

कमेडी च्याम्पियनदेखि गाइजात्रासम्म 
‘कमेडी च्याम्पियन’को पहिलो सिजनले चर्चा कमाएको थियो । त्यसको दोस्रो सिजनमा भाग लिने सोँच सुन्दरले पहिल्यैदेखि बनाइसकेका थिए । एक वर्ष अगाडिबाटै उनले कमेडी च्याम्पियनका लागि स्क्रिप्ट लेखिरहेका थिए । ‘कमेडी च्याम्पियनको सिजन २’मा उनी उत्कृष्ट १० सम्म पुग्न सफल भएका थिए । यो शोमा उनको चर्चा विशेषगरी सञ्चारकर्मी प्रकाश सुवेदी’को नक्कल ‘चिप्ल्याउने अंकल’को क्यारिकेचरले बढी चर्चा भएको थियो । 

null

‘कमेडी च्याम्पियन’पछि सुन्दर ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा जोडिए । त्यहाँबाट उनको चर्चा फेरि बढ्यो । स्टेज कार्यक्रमतिर पनि खोजिन थाले उनी । 

‘८० सालको गाइजात्रा’ कार्यक्रममा सुन्दरले प्रस्तुतिमार्फत् दर्शकलाई पेट मिचिमिची हँसाए । गाइजात्रा कार्यक्रमबाट सुन्दरको चर्चा थप चुलिन पुग्यो । उनलाई चिन्नेहरू बढे । चलेका कमेडियनभित्र आफूलाई उभ्याउन पनि सफल भए । 

‘मदनबहादुर’देखि ‘भस्मे डन’सम्मः १५० बढीको क्यारिकेचर
सुन्दरले १५० भन्दा बढीको क्यारिकेचर गरेको सुनाए । सिताराम कट्टेलले निर्वाह गरेका प्रायः जसो क्यारेक्टरको नक्कल गर्ने उनले राजनीतिज्ञदेखि फिल्म क्षेत्रका सेलिब्रेटीहरूको क्यारिकेचर गर्ने गरेका छन् । ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा शुरूआती दिनमै उनले मदनकृष्ण श्रेष्ठको ‘मदनबहादुर’को क्यारिकेचर गरे । मदनकृष्णकै अगाडि गरेको उक्त क्यारिकेचरलाई दर्शकले रुचाए । 

null

पत्रकार विजयकुमार पाण्डेको क्यारिकेचर गरे । त्यसलाई पनि दर्शकले रुचाए । प्रवचनवाला क्यारिकेचरलाई पनि दर्शकले रुचाए । अभिनेता विपिन कार्कीको अगाडि ‘भस्मे डन’को क्यारिकेचर गरे । त्यसबाट पनि वाहवाही पाए । उनले हरेक क्यारिकेचरको फरक–फरक अडियन्स रहेको बताए । सोहीकारण आफूलाई चिनाउन हरेक क्यारिकेचरको भूमिका रहेको सुनाए । क्यारिकेचर गर्न तयारी चाहिँ कति लाग्दोरहेछ ? जवाफमा उनले भने, ‘तयारी थाहा नै नहुने रहेछ । कुनै समय जति तयारी गर्दा पनि हुँदैन । कहिलेकाहीँ एक्कासि आइदिन्छ ।’ 

null

सुन्दर यतिबेला नयाँ शो ल्याउने तयारीमा छन् । तत्काल एउटा युट्युब शो ल्याउँदैछन् । ‘द क्यान्डिड टक’ नाममा ल्याउने तयारीमा रहेको शो चैतको पहिलो साताबाट ‘अनएअर’ गर्ने योजना उनको छ । अर्को कमेडी शोको पनि तयारी भइरहेको उनले बताए । त्यसका लागि एजेन्सी र टेलिभिजनसँग कुरा भइरहेको सुन्दरले जानकारी दिए । कुराकानीका क्रममा उनले थुप्रै व्यक्ति एवं क्यारेक्टरको क्यारिकेचर समेत गरेर देखाए ।


तस्वीर/भिडियोः विश्वास खनाल/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x