×

NIC ASIA

सरकारी उदासीनताले अलपत्र विमानस्थल

४० अर्ब खर्चेको भैरहवा विमानस्थल अलपत्र– बिजुली र पानीको खर्च उठ्न समेत मुस्किल

बुटवल | जेठ १०, २०८१

Prabhu Bank
NTC
Premier Steels
Marvel

रूपन्देहीको भैरहवामा बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) सञ्चालनमा आएको २ वर्ष पूरा भएको छ । 

२ जेठ २०७९ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । तर, एयरपोर्ट सञ्चालनमा आएको २ वर्ष पुग्दा समेत अन्तर्राष्ट्रिय उडानबिहीन रहेपछि सन्नाटा छाएजस्तो भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई वर्षअगाडि उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरवेजले सातामा ३ दिन उडान गर्दै आइरहेको थियो । तर, एक वर्षयता जजिराको उडान पनि रोकिएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

अहिले साताको एकदिन मंगलबार मात्र नेपाल एयरलाइन्सले मलेसियाको क्वालम्पुर–भैरहवा–काठमाडौं उडान गर्दै आएको छ । १५० यात्रु क्षमताको जहाजले ३०/४० जना मात्र यात्रु लिएर आउँछ । जजिराले तालिका मिलाएर उडान सुचारू गर्ने आश्वासन दिए पनि भैरहवा उडान गर्ने संकेत देखाएको छैन ।

Vianet communication

जजिराले यात्रु अभाव भएको कारण देखाउँदै उडान हटाएको बताएको छ । केही समय हिमालय एयरलाइन्सले पनि भैरहवा–मलेसिया उडान भर्‍यो । तर, जाडो महिनामा ‘भिजिविलिटी’ को समस्या देखाएर गएपछि फर्केर आएन । 

null

जग्गासहित झण्डै ४० अर्ब रूपैयाँको लागतमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अहिले आन्तरिक उडान मात्रै भइरहेका छन् ।

राज्यको ठूलो पूर्वाधार हेरेर निजी क्षेत्रले गरेको लगानी अप्ठ्यायारोमा छ । लुम्बिनी–भैरहवा क्षेत्रको पर्यटनमा एक दशकदेखि देखिएको उत्साह २ वर्षमै निरासामा परिणत भएको छ ।

वि.सं.२०७१ मा तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइरालाले विमानस्थल निर्माणको शिलान्यास गर्दा लुम्बिनीबासीमा निकै ठूलो सपनाको उत्साह छाएको थियो । 

बढ्दो हवाई चापले साँघुरो बन्दै गइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भरपर्दो विकल्प बन्ने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को अपेक्षा थियो । अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा पर्यटकको धुइरो लाग्ने अपेक्षामा व्यवसायीहरूले ‘स्टार’ होटलमा अर्बौं रूपैयाँ लगानी गरे । तर, दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा अहिले यस क्षेत्रका पर्यटन व्यवसायी र निजी क्षेत्रमा सन्नाटा छाएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्य नेपाल एयरलाइन्सको साताको एउटा उडानबाहेक विमानस्थल ठप्प जस्तै रहेको बताउँछन् ।

‘धेरै विदेशी एयरलाइन्स कम्पनीहरूले चासो देखाउँछन्, तर उडान भर्ने पर्मिसन लिन चाहँदैनन्,’ बज्राचार्य भन्छन्, ‘केही चार्टर्ड उडानबाहेक विमानस्थल चल्न सकेको छैन । अब सबैले यो विमानस्थललाई चलायमान बनाउने गरी योजना ल्याउनुपर्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षालगायत शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ ।

त्यस्तैगरी नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामा छुट दिइएको छ । 

गौतमबुद्ध विमानस्थलका प्रबन्ध निर्देशक प्रतापबाबु तिवारीले विमानस्थलमा यात्रुको आकर्षण बढाउन आवश्यक देखिएको बताए ।

‘काठमाडौंमा ‘एराइभल’ हुनुभन्दा यात्रु भैरहवा आउने बानी बसाल्न आवश्यक छ,’ तिवारी भन्छन्, ‘त्यसका लागि मन्त्रालय र क्यानले ‘वर्कआउट’ गरिरहेको छ । सबैतर्फबाट मिलाउने प्रक्रियामा हामी लागिरहेका छौं ।’

जीएम तिवारीले थपे, ‘हामीलाई विमानस्थल सञ्चालन खर्च धान्न पनि दैनिक २/३ वटा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने आवश्यकता छ । भारतले रूट ‘परमिट’ पनि दिए अन्य इन्टरनेसनल एयरलाइन्सको समेत आकर्षण बढ्न सक्थ्यो ।’ 

अहिले नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडान बाराको सिमरा हुँदै प्रवेश गर्छन् । अन्तर्राष्ट्रिय उडान नहुँदा होटलमा गरेको लगानी डुब्ने अवस्था सिर्जना भएको छ ।

null

अहिले विमानस्थललक्षित स्टार होटलको ‘अकुपेन्सी’ २० प्रतिशत पनि छैन ।

वि.सं. २०७४ पुस मसान्तभित्र सञ्चालनमा आइसक्नुपर्ने विमानस्थल महाभूकम्प, नाकाबन्दी, मधेश आन्दोलन, कोरोना महामारीलगायत अनेक संकट खेप्दै वि.सं. २०७९ जेठमा सञ्चालनमा आएको थियो । 

चार वर्ष ढिला सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान नहुनु चिन्ताजनक रहेको होटल एसोसिएसनका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ (सीपी) बताउँछन् ।

‘भैरहवा–दिल्ली चलाए पनि यस क्षेत्रबाट दैनिक उडान हुनसक्छ,’ श्रेष्ठ भन्छन्, ‘काठमाडौंका ट्राभल एजेन्सीहरूले विमानलाई यहाँ आउन दिँदैनन् । त्यो कुरा राज्यले बुझ्दैन । बुद्ध एयरले भैरहवा दिल्ली उडाउँछु भन्दा पनि त्यो पाउँदैन । अनेक बहानाले विमानस्थल यो हालतमा पुग्यो ।’

निजी क्षेत्रको ठूलो अपेक्षा निरासामा परिणत भएको श्रेष्ठको भनाइ छ । 

अन्तर्राष्ट्रिय उडानबाट २ वर्षमा विमानस्थलले जम्मा झण्डै ३५ करोड रूपैयाँ आम्दानी छ । यो रकमले विमानस्थलको बिजुली, पानी तथा मर्मत–सम्भारका लागि मात्र पुग्ने गरेको बज्राचार्य बताउँछन् ।

अहिले आन्तरिक उडानहरूको आम्दानीबाट सामान्य खर्च चलिरहेको छ । विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडीबी) ले ऋण र अनुदान गरी ४ अर्ब १९ करोड रूपैयाँ दिएको छ ।

भैरहवा र पोखरामा बनेका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन नसक्दा सरकारलाई ठूलो आर्थिक चुनौती थपिएको छ ।

सरकारले भैरहवा विमानस्थल सार्वजनिक–निजी साझेदारीमा सञ्चालनका लागि अध्ययन समिति गठन गरेको छ । पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक–निजी साझेदारीमा चलाउनका लागि अध्ययन समिति बनाइएको हो । 

त्यसैगरी, पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने शर्तसहित पीपीपी मोडेलमा काम गर्ने गरी अध्ययन समिति बनाइएको सरकारको भनाइ छ । 

विमानस्थलबाट नियमित उडानको माग गर्दै यस क्षेत्रका व्यवसायीहरूले निरन्तर आन्दोलन गर्दै आएका छन् । दबाब मूलक सिद्धार्थ सञ्जाल गठन गरी कहिले धर्ना, कहिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने काम समेत गरेका छन् ।

हालै आएको सरकारको नीति तथा कार्यक्रममा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिने उल्लेख छ । तर, कस्तो प्याकेज आउँछ प्रस्ट भइसकेको छैन ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता दैनिक १२ हजार यात्रुबराबर रहेको छ ।

null

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x