×

संसद्को गतिरोध

रविबारे संसदमा कांग्रेस–एमाले ‘प्रोक्सी वार’ !

काठमाडाैं | जेठ ३, २०८१

मंगलबार प्रतिनिधिसभामा सभामुखले बैठक शुरू भएको घोषणा गर्न भ्याउँदानभ्याउँदै नेपाली कांग्रेसकी सांसद कल्पना चौधरी गुरुरु दौडेर संसद्को वेलमा पुगिन् ।

Laxmi Bank

सांसद चौधरी दौडेको देखेर सत्तापक्षका सांसद जिल्ल परे भने स्वयं कांग्रेस सांसदहरू समेत हाँसे । 


Advertisment

कांग्रेसका अरू सांसद कुर्सीबाट उठ्दै गर्दा चौधरीले वेलमा पुगेर ३ पटक नाराबाजी गरिसकेकी थिइन् । चौधरीको दौडाइको रफ्तारले संसदीय छानबिन समिति गठनमा कांग्रेसको हतारोलाई प्रस्ट्याउँछ ।


Advertisment

२०४६ पछि लामो समय सत्तामा रहेको कांग्रेसले प्रतिपक्षी भूमिका सिक्दैछ । संसद्मा त्यसैको रिहर्सल चलिरहेको छ ।

null

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग जोडतोडले उठाइरहेको छ । गएको चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगीमा लामिछानेको संलग्नता नदेखिएको प्रस्टीकरण दिएको दिनदेखि नै कांग्रेसले संसदीय छानबिनको माग गर्दै आएको छ । 

बजेट अधिवेशन शुरू भएकै दिनदेखि संसद्मा कांग्रेस आक्रामक ढंगले प्रस्तुत भयो, वैशाख २८ गते । पहिलो दिनको बैठकमै महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने संकेत दिए । सचेतक वा प्रमुख सचेतकलाई बोल्न नदिई महामन्त्री स्वयंले बोलेबाट थाहा हुन्छ, यो विषयलाई कांग्रेसले कति गम्भीर रूपमा लिएको छ । 

संसद्मा मात्र नभई सहकारी ठगी प्रकरणमा रविमाथि संसदीय छानबिनको विषयलाई कांग्रेसभित्र गगनले अगुवाइ गरिरहेका छन् । सभापति शेरबहादुर देउवा पक्ष वैकल्पिक गठबन्धनका लागि रविलाई धेरै चिढ्याउनु हुन्न भन्ने मानसिकतामा रहेको समयमा पनि गगनले यो विषयलाई राष्ट्रिय एजेन्डा बनाइदिए । 

जेठ २ गतेसम्म आइपुग्दा कांग्रेसले संसदीय दलको बैठकबाट ४ पटक औपचारिक निर्णय गरिसकेको छ–रविमाथि संसदीय छानबिनको माग गर्दै । संसदीय छानबिनको मागबाट पछि हट्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिन्छ । 

रविमाथि संसदीय छानबिनको विषयलाई कांग्रेसले यतिसम्म प्रतिष्ठाको विषय बनायो कि संसद्मा राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न नदिने रणनीतिसम्म । ‘संवैधानिक राष्ट्रपतिलाई विवादमा तान्न खोजेको’ अवगाल व्यहोर्नुपर्ने भएपछि कांग्रेसले राष्ट्रपति संसद्मा आउन भने रोकेन । 

संसदीय छानबिनको मागमा सरकारलाई गलाउन बजेट अधिवेशन शुरू भएकै दिनदेखि कांग्रेसले भ्रातृ संगठनलाई सडकमा उतार्‍यो । जेठ १ गते महिला संघले संसदीय छानबिनको माग गर्दै सडकमा ब्यानर प्रदर्शन गर्‍यो भने बुधबार नेविसंघ र तरुण दल सडकमा आए । 

जेठ २८ गते नै गगनले संसद्मा संकेत गरेका थिए– ‘संख्याको बलमा कांग्रेसलाई दबाउन खोज्ने ? के संसद् मात्र छ ?’

null

लगत्तै कांग्रेस भ्रातृ संगठनले सडकमा प्रदर्शन शुरू गरे– ‘गृहमन्त्रीज्यू यहाँ छ, सहकारी ठगीको प्रमाण’ लेखिएका व्यानरसहित । 

यसबीचमा प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समितिबारे कांग्रेससँग पटक–पटक छलफल गरेका छन् । बिहीवार पनि बिहान ११ बजेका लागि तोकिएको बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको छ । 

कांग्रेस नेताहरूको दाबीअनुसार व्यक्ति विशेषको नाम किटान नगरी सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न राजी भएका थिए ।

पहिला गृहमन्त्रीलाई संसद्को रोस्ट्रमबाट बोल्न दिएर संसदीय छानबिन समिति गठन गर्ने प्रस्ताव प्रचण्डले कांग्रेससँग गरेका छन् ।

ओलीको आक्रोश र संसद्मा मुठभेडको संकेत

मंगलबार राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बैठकमा अनुपस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधवार कांग्रेसको कायशैलीप्रति तीव्र आक्रोश जनाए । 

संसद्मा कांग्रेसको दादागिरी नचल्ने भन्दै ओलीले अब आफूहरू पनि बोल्न खोज्ने बताए । ऐन, कानून र नियमावलीमा कतै नलेखिएको भएपनि ‘संसद् प्रतिपक्ष’को भन्ने मान्यता नेपालमा स्थापित भइसकेको छ । २०४८ सालपछि एमाले प्रतिपक्षमा रहेको समयमा तत्कालीन सभामुख दमननाथ ढुंगानाले ‘संसद प्रतिपक्ष’को भनिदिएका थिए । त्यसयता प्रतिपक्षले संसद्मा सरकारलाई अप्ठ्यारो पार्ने काम गर्दै आएका छन् । यसपटक कांग्रेसले सरकारलाई गलाउने रणनीति बनाएको छ, सहकारी काण्ड उचालेर ।  

त्रिशंकु संसद्को उपज भन्नुपर्छ– संसद्को सबैभन्दा ठूलो दल प्रतिपक्षमा छ । तेस्रो दलले सरकारको नेतृत्व गरिरहेको छ । सत्तापक्षमा रहेको दोस्रो दलका नेताले संसद्मा अब हामी बोल्छौं भन्नुको अर्थ ‘प्रतिपक्षसँग भिड्नु’ हो । 

प्रधानमन्त्री स्वयं संसदीय छानबिन समिति गठनका लागि सशर्त हिसाबले तयार रहँदा एमाले अध्यक्ष ओली तयार देखिएका छैनन् । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेको खुलेर बचाउ गरेका छन् । 

बुधबार संसदीय दलको बैठकमा ओलीले भनेका थिए–‘कांग्रेसको कुण्ठा, आक्रोश ... । सरकार खुस्कियो अनि रविलाई चिथोर्ने ? रविको कमी कमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने । कसैले केही कारबाही थालेको छैन, आफैं सबकुछ गर्ने नेपाली कांग्रेसले ? जसको बारेमा पनि जे पनि बोल्दिने ? कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी छैन ।’

null

बुधवार प्रतिनिधिसभा बैठकमा ओलीले ‘कांग्रेसले संसद् रोकेर अब मान्ने कुरा पनि हुँदैन’ भन्ने टिप्पणी गरेका थिए । कांग्रेस–एमाले आमनेसामने हुन लाग्दा सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री प्रचण्ड निरीह देखिन्छन् । 

रविलाई लिएर कांग्रेस–एमालेको ‘प्रोक्सी वार’

ठूला राजनीतिक घटनाक्रममा मिलेका कांग्रेस–एमाले कहिले नजिक त कहिले टाढाजस्तो देखिन पुगेका छन् । निर्वाचन प्रणालीमा सुधारलगायत केही एजेन्डालाई लिएर कांग्रेस–एमालेबीच मिल्ने गरी भित्रभित्रै गृहकार्य भएका थिए । 

स्वयं कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिकरूपमै निर्वाचन प्रणाली फेर्ने कुरामा मिल्न एमालेसँग प्रस्ताव गरेका थिए । तर, बुधवार संसदीय दलको बैठकमा ओलीको अभिव्यक्तिले तत्कालका लागि कुरो बिग्रिएजस्तो बुझ्न सकिन्छ ।

बुधवार गगनप्रति नै ओली अलि बढी आक्रोशित देखिएका थिए, ‘सभामुखले फलानालाई बोल्न दिन्छुभन्दा बोल्न दिन नपाइने ? यति अशिष्ट ! सभामुखले मैले तपाईंलाई समय दिएँ भन्दा तपाईंको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसद्मा ? सभामुखसँगको के भाषा हो कांग्रेसको ? सभामुखसँग त्यस्तो भाषाले प्रस्तुत भएर यो संसद् चलाउन खोजेको हो कांग्रेसले ?’ 

वैशाख २८ गतेको बैठकमा सभामुखले शुरूमा दिएको ३ मिनेटको समय सकिएपछि २ मिनेट थप्दिएका बेला गगनले ‘तपाईंको निगाहाको समय चाहिँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । 

वैशाख १० गते नेकपा स्थापनाको ७५ औं वार्षिकोत्वसको अवसरमा गोदावरीमा आयोजना गरिएको कार्यक्रममा ओलीले कांग्रेस सभापति देउवालाई विम्बसहित सम्बोधन गरेका थिए । त्यो बेला कांग्रेस–एमाले नजिकिएिका थिए । महासचिव शंकर पोखरेलले देउवासँगको फोटो राखेर छनक समेत दिएका थिए । 

ओली आक्रामक देखिए पनि कुनै बिन्दुमा पुगेर कांग्रेस–एमाले सहकार्य हुन सक्ने स्रोतहरू बताउँछन् । ‘राजनीतिमा २–२ जोड्दा ५ हुन्छ भनिन्छ । बाहिर उग्र कुरा गर्नेहरू रातारात मिल्दिन्छन् । राजनीतिमा को कतिबेला कहाँ मिल्छन्, ठेगान नै हुँदैन,’ कांग्रेसका एक नेताले भने । 

सत्तापक्षमा रहेको एमाले र प्रतिपक्षमा रहेको कांग्रेस भिडे भने मुलुक मध्यावधितर्फ धकेलिने खतरा समेत रहेको जानकारहरू बताउँछन् । यद्यपि त्यसका लागि संविधानले निर्धारित गरेका सम्पूर्ण प्रक्रिया र धारा–उपधाराको प्रयोग भइसक्नुपर्छ ।

 

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

भदौ २६, २०८१

नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने स्थिति सिर्जना भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले सोमबार एकाएक राजीनामा दिएप...

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

३४ वर्षमा ३० सरकार– कुशासनका लागि जिम्मेवार को ?

भदौ २४, २०८१

सुशासन, विकास र समृद्धिको जनचाहना पूरा नभएपछि जनतामा व्यापक निराशा, असन्तोष र आक्रोश छ । देशमा गुणस्तरीय शिक्षा र रोजगारी नपाएर लाखौं युवा शिक्षा तथा रोजगारीका लागि दैनिक विदेशिन बाध्य छन्, जसको परिणाम स्वरू...

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

समाजले गिराउन खोज्दा पनि शिर उठाएकी समीक्षा

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

x