×

NMB BANK
NIC ASIA

रहिनन् मोडल दीपाशाः जसले मृत्युको अघिल्लो दिनसम्म पनि मोडलिङ गरेकी थिइन् !

काठमाडाैं | कात्तिक २३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई मृत घोषणा गरिसकेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले लोकान्तरलाई जानकारी दिइन् ।

Muktinath Bank

दीपाशाको मृत्युको कारण भने खुलिसकेको छैन ।  उनको शव पोष्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको छ ।  दीपाशाले केही फिल्मसँगै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । विशेषगरी लोकदोहोरी गीतको म्युजिक भिडियो उनले बढी खेलेकी छिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार पनि उनले एक म्युजिक भिडियोमा मोडलिङ गरेकी थिइन् । उनको निधनको खबर सार्वजनिक भएसँगै फिल्म एवं गीतसंगीत क्षेत्रका कलाकर्मीहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । थुप्रै कलाकार नर्भिक अस्पताल पुगेका छन् ।


Advertisment
Nabil box
Kumari

null 

Vianet communication
Laxmi Bank

‘स्कूले जीवनबाटै कलाकारिता

सुर्खेतको वीरेन्द्रनगरमा जन्मिएकी दिपाशाले स्कूले जीवनबाटै कलाकारिता शुरू गरेकी थिइन् । सानै उमेरदेखि उनमा कलाकारिताप्रति रुचि थियो । 

कक्षा ३ मा पढ्दाबाटै नाच्नमा अगाडि सर्ने उनी अभिनयसमेत गर्न रुचाउँथिन् । कक्षा ६ मा पढ्दा उनले पहिलोपटक कार्यक्रममा नृत्य गरेकी थिइन् । ‘स्कूलको सांस्कृतिक कार्यक्रममा डान्स र अभिनय गरेर दुवैमा प्रथम भएकी थिएँ । त्यसपछि कलाकारिताप्रतिको मोह अझै बढेको थियो’ उनले केही वर्षअगाडिको एक अन्तवार्तामा भनेकी थिइन् । 

सुर्खेतमै नृत्यको प्रशिक्षणसमेत लिएकी उनले गोपीकृष्ण मुभिजले सञ्चालन गरेको ‘को बन्छ कलाकार ?’ नामक कार्यक्रममा नेपालगञ्ज पुगेर अडिसन दिएकी थिइन् । त्यसमा छनोट भएपछि कलाकारितामा अगाडि बढ्ने माहोल बन्दै गयो । उनी २०६४ सालमा काठमाडौं आएकी थिइन् । 

‘को बन्छ कलाकार ?’ कार्यक्रममा दीपाशाको अभिनयले द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीको ध्यान तान्यो । त्यसपछि खड्गीले उनलाई ‘दुलही रानी’ फिल्मका लागि प्रस्ताव गरेका थिए । सोही फिल्ममा सानो भूमिका निर्वाह गर्दै दीपाशाले रजतपटमा डेब्यू गरेकी थिइन् । यो समय उनी कक्षा ८ मा मात्र पढ्थिन् । 

उनले म्युजिक भिडियोमा भने ‘अझै छु म पागल बनेको’ गीतबाट पाइला चालेकी थिइन् । त्यसयता उनी क्रमश म्युजिक भिडियोमा व्यस्त बन्दै गएकी थिइन् । 

विशेषगरी लोकदोहोरी गीतको भिडियोमा उनी बढी देखिने गरेकी थिइन् । कुनैबेला एकैवर्षमा ३५ वटासम्म तीज गीतमा उनले नृत्य गरेको अनुभव संगालेकी थिइन् । 

बुधवार पनि उनले म्युजिक भिडियोमा अभिनय गरेको पोस्ट सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् ।

‘कलाकारिताबाहेक अरु सपना देखेकी थिइनँ’ भन्ने उनी कलाकारितामा पाएको सफलतामा खुशी रहेको विभिन्न अन्तर्वार्तामा बताउने गर्थिन् । उनले पछिल्लो केही वर्षयता व्युटीपार्लरसमेत सञ्चालन गरिरहेकी थिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

फागुन १२, २०८०

सुन्दर खनालले क्यारिकेचर गर्न थालेको कक्षा १० मा पढ्दादेखि हो । त्यो बेला हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’को लोकप्रियता उचाइँमा थियो । सुन्दरको स्कुलमा टेलिश्रृङ्खलालाई लिएर साथीहरूबीच चर्चा हुन्थ्यो । ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x