२९ जेठ २०८३, शुक्रबार
भजन शिरोमणिको विदाइ

भक्तराजका गीत अजर–अमर र कालजयी: प्रधानमन्त्री प्रचण्ड

फागुन १५, २०८०
काठमाडौं
भक्तराजका गीत अजर–अमर र कालजयी: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भजन शिरोमणि स्व भक्तराज आचार्यका गीत अजर–अमर र कालजयी रहिरहने बताएका छन् ।

स्व आचार्यको प्रार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन मंगलवार अपरान्ह नक्सालस्थित नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘गीत–संगीत क्षेत्रमा उहाँको जुन योगदान छ, त्यो अजर–अमर र कालजयी नै रहने छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले आचार्यले आफू अस्वस्थ भएर गीत गाउन नसक्ने हुँदा पनि नेपाली संगीत क्षेत्रलाई उत्प्रेरणा र दिशानिर्देश गरिरहेको आफूले ठानेको बताए ।

उनले आचार्यको उपचारमा लागेको खर्च जे गर्न सकिन्छ त्यो सरकारले गर्ने पनि प्रतिबद्धता जनाए ।

null

  आचार्यलाई श्रद्धाञ्जलि दिन प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्सालस्थित प्रज्ञा–प्रतिष्ठान पुगेका थिए ।

यस्तै श्रद्धाञ्जलि दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायत संगीत क्षेत्रका विभिन्न व्यक्तिहरू प्रतिष्ठान पुगेका थिए ।

null

गायक तथा संगीतकार आचार्यको मंगलवार नै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

भजन शिरोमणि आचार्यको सोमवार निधन भएको हो ।

सोमवार अपरान्ह मेडिसिटी अस्पताल लैजाने क्रममा आचार्यको बाटोमा निधन भएको थियो ।

आचार्य लामो समयदेखि दीर्घरोघी थिए ।

आचार्यका जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायतका गीत लोकप्रिय छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्