×

NMB BANK
NIC ASIA

सहकारीबाट झण्डै १३ लाख चोरी, सीसी क्यामराको डिभाइस पनि गायब

विराटनगर | फागुन १६, २०८०

NTC
Premier Steels

मोरङको लेटाङमा रहेको एकीकृत जनभावना बचत तथा ऋण सहकारी संस्थाको झण्डै १३ लाख रुपैयाँ चोरी भएको छ । लेटाङ नगरपालिका– २ फडानीमा मुख्य कार्यालयबाट ८ लाख ९० हजार ४ सय ४५ रुपैयाँ र खैरेनीमा रहेको शाखा कार्यालयबाट ३ लाख ९० हजार ५ सय ८५ रुपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । उनका अनुसार मुख्य कार्यालय र शाखा कार्यालयबाट गरेर १२ लाख ८१ हजार ३० रुपैयाँ चोरी भएको छ । 

Muktinath Bank

सहकारीमा चोरी भएको समय खुल्न नसकेको र बुधवार बिहान मात्रै घटनाका बारेमा थाहा भएको अध्यक्ष भट्टराईको भनाइ छ । मुख्य कार्यालयभित्र तीनवटा गेट रहेका छन् ।  ‘एउटा गेटमा ४ वटासम्म ताला लगाइएको थियो,’ उनले भने, ‘सबै गेटको ताला फोडेर लगेको पाइएको छ । ‘सेफलक’ तोडेर रकम लगेको उनले बताए ।  चोरीमा संलग्नले ताला नै लिएर गएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सहकारी प्रवेश गर्ने मुख्यसहित चारवटा गेटमध्ये मुख्य गेट छाडेर चोरीमा संलग्न व्यक्ति पर्खाल नाघेर सहकारीमा छिरेको उनले बताए । ‘एउटामा ४ वटासम्म ताला लगाएर गेटलाई दह्रो बनाइएको थियो । तर, ती सबै ताला तोडेर चोरी भएको छ । घटना निक्कै शंकास्पद छ । अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छौ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सहकारीको पछाडि साइरनसहितको ताला भएको गेट पनि थियो । चोरीमा संलग्नले उक्त गेटलाई भने नचलाएको अध्यक्ष भट्टराईको भनाइ छ । 

Vianet communication

उनका अनुसार शाखा कार्यालयमा भने ताला तोडेर मूल ढोका तथा चेन गेट फोड्दैभित्र छिरेर चोरी गरेको पाइएको छ । सहकारीमा गत वर्ष पनि चोरीको प्रयास भएको उनले बताए ।  

चोरीमा संलग्नले सीसीटीभी क्यामेराको डिभाइस नै लिएर गएको प्रहरीको भनाइ छ । चोरीमा संलग्नलाई पहिचान गरेर पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । 

घटनाको प्रकृति हेर्दा सहकारीका बारेमा सबै जानकारी राख्नेले नै चोरी गरेको हुनसक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भीमलाल ओली नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x