×

NMB BANK
NIC ASIA

केन्द्रमा नयाँ समीकरण

लुम्बिनीको मुख्यमन्त्रीको कुर्सीमा एमाले कि माओवादी ?

बुटवल | फागुन २१, २०८०

NTC
Premier Steels

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेशहरूमा पनि नयाँ समीकरण बन्ने संकेत देखिन सुरु भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितको केन्द्रमा सरकार बनेसँगै त्यसको तरङ्ग लुम्बिनी प्रदेशमा पनि आइसकेको छ । 

Muktinath Bank

लुम्बिनीमा नयाँ गठबन्धनलाई  बहुमतका लागि समस्या छैन । नेपाली कांग्रेस र माओवादी सहित साना दल मिलेर लुम्बिनीमा अहिले डिल्लीबहादुर चौधरी नेतृत्वको प्रदेश सरकार छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ समीकरणले चौधरी नेतृत्वको सरकार गुम्ने निश्चित जस्तै छ । नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले केन्द्रमा बनेको नयाँ समीकरण अनुसार लुम्बिनी पनि सरकार बनाउने आफूहरू छलफलमा जुटेको बताए । ‘हामी माओवादी र केन्द्रमा बनेको समीकरण अनुसार अब कसरी अघि बढ्ने भन्नेबारे छलफलमा बसेका छौँ’, तुलसीले भने, ‘केन्द्रबाट पनि केही संकेत आउला अनि हामी त्यहीँ अनुसार अघि बढ्छौं ।’ 


Advertisment
Nabil box
Kumari

गत निर्वाचनपछि एमाले नेता लीला गिरी नेतृत्वको सरकार १०० दिनमै ढलेर चौधरीको नेतृत्वमा गएको वैशाखमा दोस्रो कार्यकालको दोस्रो सरकार बनेको थियो । यसअघिकै निर्णय कार्यान्वयन गर्ने भन्ने सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले पाउने देखिन्छ । यद्यपि यसबारे अहिलेसम्म केन्द्रमा निर्णय हुन सकेको छैन । कांग्रेस नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार अब नयाँ समीकरणको आधारमा एमाले, माओवादी र अन्य साना दलको सहमतिमा बन्ने देखिन्छ ।

Vianet communication

एमाले संसदीय दलका नेता लीला गिरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले आइतबार नै भेट गरेका छन् । तर, सरकारको नेतृत्वको विषय केन्द्रले टुङ्ग्याउने विषय भएकाले माथिको निर्णय कुरेर बसेको एमालेका एक नेताले बताए । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपा, नागरिक उन्मुक्तिका ४÷४, जसपा, जनमत र लोसपाका ३÷३ स्वतन्त्र १ र राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जना सांसद छन् । नेकपा माओवादी केन्द्रका सचेत इन्द्रजीत थारुले केन्द्रको निर्णयको आधारमा प्रदेशको सत्ता समीकरण पनि फेरबदल हुने बताए । 

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै पार्टीहरूबिच कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने भनेर भागबन्डा गर्नेछन् । त्यसपछि लुम्बिनी सरकारको नेतृत्व कसले पाउने भन्ने टुङ्गो लाग्नेछ । 

केन्द्रले टुङ्गो लगाइसकेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । त्यसपछि सरकार अल्पमतमा पर्नेछ । कानुनतः अल्पमतमा परेको सरकारले सदनबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ । 

वर्तमान सरकारले लुम्बिनी गर्ने भनेको शिखर सम्मेलनलाई पनि नयाँ समीकरणले अप्ठ्यारो पर्ने देखिन्छ । सम्मेलनकै कारण मुख्यमन्त्री चौधरीमाथि प्रश्न उठेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x