×

NMB BANK
NIC ASIA

प्रश्नको घेरामा नयाँ अर्थमन्त्री

'विवादित पात्र'को हातमा अर्थतन्त्रको बागडोर !

काठमाडाैं | फागुन २५, २०८०

NTC
Premier Steels

देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा रहेका बेला अर्थ मन्त्रालयको नेतृत्व पहिलो परीक्षणमै असफल एवं विवादित पात्रको काँधमा पुगेको छ ।

Muktinath Bank

सत्ता समीकरण परिवर्तन भएलगत्तै नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अर्थतन्त्रको बागडोर सम्हाल्ने गरी सिंहदरबारमा प्रवेश गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनबाट कांग्रेसलाई आउट गरी २०७९ पुस १० गतेकै समीकरण ब्यूँताएपछि अर्थमन्त्रीका रूपमा जिम्मेवारी दिइएका पुनसँग अर्थतन्त्रको ज्ञान नरहेको उनकै समकालीन नेताहरूको आरोप छ ।


Advertisment
Nabil box
Kumari

तत्कालीन डा. बाबुराम भट्टराईको सरकारमा १८ महिना अर्थमन्त्री भएका पुनले त्यतिबेला गरेका कतिपय निर्णयको 'ऋण' अहिले पनि देशले चुक्ता गरिरहेको छ । उनले आफ्नो पहिलो इनिङमा एउटा बजेटसम्म ल्याउन सकेनन् । 

Vianet communication

एउटा बजेट आफूअनुकूल परिचालन गर्न पाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को इच्छालाई सत्ता गठबन्धनका नयाँ सारथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्रीन सिग्नल दिएपछि पुनको अर्थमन्त्रालय यात्रा सुरक्षित भएको हो ।

मन्त्रालयमा पदभार ग्रहण गर्नेबित्तिकै सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पुनले अर्थतन्त्रको विद्यमान समस्या समाधान गर्ने उपाय आफूसँग रहेको दाबी गरे ।

'मैले विगतमा पनि अप्ठ्यारो अवस्थामै अर्थमन्त्रीको जिम्मेवारी सकुशल पूरा गरेको हुँ,' सन् २००८ पछाडि अमेरिका हुँदै विश्वव्यापी रूपमा देखिएको मन्दीले नेपाललाई छोएका बेला आफू अर्थमन्त्री भएको स्मरण गर्दै उनले भने, 'त्यतिबेला पनि परिस्थिति सहज थिएन । मैले परिस्थिति सहज बनाउन भूमिका खेलेको हुँ ।'

उनले समस्या भएको क्षेत्र आफूलाई राम्रोसँग थाहा रहेको बताए । 'अहिले तरलता व्यवस्थापनको समस्या छ,' उनले भने, 'पुँजीगत खर्च बढाउनुपर्ने छ । सेयर बजारलाई व्यवस्थित बनाउनुपर्ने छ । निजी क्षेत्रले सुरक्षित महसुस नगरेको अवस्था छ । राजस्व संकलनमा समस्या देखिएको छ, म भोलिदेखि नै यी चुनौतीहरू समाधान गर्ने गरी काम गर्छु ।'

पुनले सैद्धान्तिक दाबी जे गरे व्यवहारतः उनको आगमनले भू-राजनीतिक खेलको एउटा पक्ष खुसी छैन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग डिल गर्नुपर्ने अर्थमन्त्रीलाई अर्को कुनै शक्ति केन्द्रसँग जोडेर चर्चा हुने अवस्था आउनुले अर्थतन्त्रमा स्वतः बाह्य प्रभाव र हस्तक्षेप हुने निश्चितजस्तै देखिन्छ ।

कतिपयले अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न नसक्ने अर्थमन्त्री भन्दै उनकै नेतृत्वमा वैशाखमा गर्न लागिएको लगानी सम्मेलन समेत सफल नहुने टिप्पणी गरिरहेका छन् ।

null

'सुन तस्करी'प्रकरणमा गम्भीर प्रश्न

सुन तस्करीका अभियुक्तसँगको साँठगाँठको विषयले वर्षमानमाथि गम्भीर प्रश्न उठेको थियो ।

उनी र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पारिवारिक सदस्यहरू सुन तस्करीमा संलग्न गिरोहसँग सम्पर्क र सम्बन्धमा रहेको पुष्टि हुने गरी तस्वीर तथा विवरणहरू सार्वजनिक भएका थिए ।

गत साउन ३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्वीन्टल (पछि ६० केजी कायम) हाराहारीमा सुन बरामद भएको थियो । हङकङबाट ल्याइएको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको महानिर्देशक नवराज ढुंगानाले बताएका थिए । 

अहिलेसम्म सबैभन्दा बढी परिणाममा बरामद सुनसँग वर्षमान पुनको पनि नाम जोडियो । सँगै बसेको र खाना खाएको तस्वीर समेत सार्वजनिक भयो । उनका पारिवारिक सदस्य सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको थियो ।

सुन तस्करीका मुख्य नाइके नेपाली मूलका बेल्जियम नागरिक दावा छिरिङलाई राजस्व अनुसन्धान विभागले समातेर छानबिन गरेको थियो । अर्थमन्त्री पुनले दावासँग बिहे गरेकी अमला रोका आफ्नो गाउँले बहिनी भएको दाबी गर्दै आएका छन् ।

तर, पनि उनीमाथि यस विषयमा अनुसन्धान हुन सकेको छैन । सत्तारुढ दलको प्रभावशाली नेता भएकाले अनुसन्धानबाट बच्दै आएका छन् ।

यो विवादबारे प्रश्न गर्दा पुनको सचिवालयका एक सदस्यले लोकान्तरसँग भने, 'दाबा छिरिङसँग जोडेर उहाँको चरित्र हत्या भएको छ । उहाँले पटक-पटक आफूलाई छानबिन गर्न भनिरहनु भएको छ, खै त ?'

'अर्थतन्त्र चलाउन मूलतः सरकार जिम्मेवार रहे पनि अर्थमन्त्री को हुन्छ भन्ने विषयले प्राथमिकता पाउँछ । यतिका धेरै चुनौती छन्, त्यसलाई चिर्न गाह्रै छ,' डा. खनालले भने ।

चिनियाँ जहाज खरिद प्रकरण

यतिबेला नेपाल वायुसेवा निगमले दुई चिनियाँ जहाज खरिदका लागि पहल गरे पनि अहिलेसम्म कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

निगमले दुईवटा एमए ६० र तीनवटा वाई–१२ ई जहाज लिलामका लागि दुईपटक सूचना निकालेको थियो । तर निगमका प्रवक्ता रमेश पौडेलका अनुसार  जहाज खरिदका लागि कुनै पनि कम्पनीको आवेदन परेको छैन ।

यी जहाज तिनै चिनियाँ जहाज हुन्, जसलाई वर्षमान पुन पहिलोपटक अर्थमन्त्री हुँदा खरिद स्वीकृति दिइएको थियो ।

यी चिनियाँ जहाज २०७७ को साउन १५ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड छन् । २०६८ सालमा अर्थमन्त्री पुनको पहलमा तत्कालीन सरकारले खरिद स्वीकृति दिइएका ४ जहाजको मूल्य साढे ४ अर्ब थियो भने २ जहाज अनुदानमा ल्याइएको थियो ।

आन्तरिक उडानका लागि चीनबाट २०७१ सालपछि भित्र्याउन शुरू गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले अहिलेसम्म अर्बौं घाटा बेहोरेका छन् । चीनबाट खरिद र अनुदानमा ल्याइएका ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसत ३८ करोड रुपैयाँ घाटा बेहोरेको निगमकै तथ्यांकमा उल्लेख छ ।

त्यतिबेला पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल एयरलाइन्सका नायब महाप्रबन्धक गणेश ठाकुरको नेतृत्वमा जहाजको प्राविधिक विषय अध्ययन गर्न ८ सदस्यीय टोली गठन गरेको थियो ।

सो टोलीले प्रस्तुत गरेको प्रतिवेदनमा चिनियाँ जहाजको प्राविधिक पक्षको विश्लेषण गर्दा नेपालमा उडान उपयुक्त नभएको भनिएको थियो ।

जहाज खरिद प्रक्रिया पटक-पटक विवादमा परेपछि नेपाल एयरलाइन्सका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसारकाले पुनः जहाजको क्षमताका विषयमा अध्ययन गर्न पाइलट गोपालसिंह विष्टको नेतृत्वमा एक कमिटी बनाएका थिए ।

कमिटीले जहाजको पेलोड पफर्मेन्स अति कमजोर रहेको भन्दै थप जहाज ल्याउन आवश्यक नरहेको रिपोर्ट दिएको थियो । तर, राजनीतिक दबाबमा उक्त रिपोर्ट ठीक छ भन्न लगाएर पुनः २०७३ मा थप जहाज ल्याइएको थियो ।

null

के भन्छन् अर्थविद ?

अर्थविद डा. डिल्लीराज खनालले अर्थमन्त्री कस्तो व्यक्ति हुने भन्ने विषयले धेरै प्रभाव पर्ने बताए ।

'अर्थतन्त्र चलाउन मूलतः सरकार जिम्मेवार रहे पनि अर्थमन्त्री को हुन्छ भन्ने विषयले प्राथमिकता पाउँछ । यतिका धेरै चुनौती छन्, त्यसलाई चिर्न गाह्रै छ,' डा. खनालले भने ।

उनले बजेटरी प्रणालीमा सुधारको विशेष योजनासहित अघि बढ्नुपर्ने बताए । ‘न्यून राजस्व संकलन र पुँजीगत खर्चमा सुधार ल्याउन सरकारले पहिल्यैदेखि कुनै योजना बनाएको छैन,' उनले भने, 'त्यसैले अहिले त्यति धेरै आशा गर्नुपर्ने आवश्यकता छैन ।'

अर्थमन्त्रीको विवादित पृष्ठभूमिबारे भने उनले कुनै व्यक्तिगत टिप्पणी गर्न चाहेनन् ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालमा विवाद नभएको नेता नै नभएको भन्दै व्यंग्य गरे ।

उनले लोकान्तरसँग भने, 'चुनावदेखि नै पैसा चाहिन्छ । अहिले त राजनीतिले होइन, पैसाले सत्ता चलाइरहेको छ ।'

उनले अर्थतन्त्रमा चुनौती देखिएका बेला स्वतन्त्र निर्णय लिन सक्ने, अर्थतन्त्र बुझेको, जनताको आर्थिक/सामाजिक अवस्था राम्रोसँग बुझेको व्यक्ति अर्थ मन्त्रालयमा हुनुपर्ने बताए । तर पुनमा राजनीतिक चेत भए पनि अर्थतन्त्रसम्बन्धी ज्ञानको अभाव रहेको उनको भनाइ छ ।

'अर्थमन्त्री लोकप्रिय होइन, विवेकपूर्ण र न्यायोचित ढंगले निर्णय गर्न सक्ने व्यक्ति हुनुपर्छ,' डा. अधिकारीले भने, 'तर अहिले नियुक्त भएका अर्थमन्त्रीमा यी सबै गुण रहेकोमा मेरो शंका छ ।'

अर्का अर्थविद् डा. जगदीशचन्द्र पोखरेलले अर्थमन्त्री जस्तो मान्छेले भू-राजनीतिलाई पनि सन्तुलन गरेर जान सक्नुपर्ने बताए ।

अर्थमन्त्रीले अधिकांश डिल विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग गर्नुपर्ने भए पनि देखिने गरेर अर्को कुनै शक्ति राष्ट्रसँग जोडिनु गम्भीर रहेको उनको तर्क छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x