×

NMB BANK
NIC ASIA

नागरिक उन्मुक्ति पार्टी भित्र किचलो

सुदूरपश्चिम सरकारमा सहभागितापछि नाउपामा दुई धार : सरकार छाड्न अध्यक्ष श्रेष्ठको निर्देशन

धनगढी | फागुन २६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र दुई धार देखिएको छ । पार्टीका संरक्षक रेशम चौधरीको निर्देशन बमोजिम नाउपाले थप तीन मन्त्री सरकारमा पठाएको थियो । तर पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएकी छिन् ।

Muktinath Bank

योसँगै रेशम र रञ्जीता दुई धारमा देखिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदीय दलका नेतासमेत रहेका घनश्याम चौधरीले आर्थिक मामिला मन्त्री, खुसीराम चौधरी विनाविभागीय र इन्दिरा गिरीले भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी पाएसँगै शपथसमेत लिइसकेका छन् । 


Advertisment
Nabil box
Kumari

सुदूरपश्चिम प्रदेश सभामा उन्मुक्तिका ७ सांसद छन् । ती मध्ये घनश्याम चौधरी, रामेश्वर चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरी रेशमको साथमा छन् भने पूर्व कृषि राज्यमन्त्री कैलाश चौधरी लगायतका बाँकी तीन सांसद रञ्जीताको पक्षमा छन् ।

Vianet communication
Laxmi Bank

प्रदेश सभाको यो अङ्क गणित हेर्ने हो भने रञ्जीता अल्पमतमा छिन् । 

मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा सहभागी नवनियुक्त मन्त्रीहरूले पार्टी भित्र छलफल भएर आफूहरू सरकारमा गएको प्रतिक्रिया दिएका छन् । ‘पार्टीमा छलफलपछि मात्रै हामी सरकारमा गएका हौं । जिम्मेवारी बाँडफाँट पनि सकिएको छ । अब हामी काम गर्न थाल्छौ, ‘विनाविभागीय मन्त्री खुसीराम चौधरीले भने ।

शपथ लगत्तै नवनियुक्त मन्त्रीहरू संरक्षक रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । ‘संरक्षक ज्यूले हामीलाई बोलाउनु भएको थियो । हाम्रो बीचमा छलफल भयो । उहाँले हामीलाई बधाई दिनुभयो', एक मन्त्रीले भने ।

पार्टीको अध्यक्षमा निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता नदिएपछि अहिले पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठ छिन् ।

तत्काल सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा केन्द्रमा छलफल चलिरहेकै बेला प्रदेशमा मन्त्रीले शपथ ग्रहण गरेपछि पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले कारबाही गर्ने चेतावनी दिएकी छिन् । ‘पार्टीमा छलफल विनै सरकारमा सहभागी हुनेहरूलाई कारबाही गर्छाैं । छलफल र निर्देशनविना उहाँहरू सरकारमा सहभागी हुनुभएको हो । यस विषयमा मलाईं कुनै जानकारी छैन', श्रेष्ठले भनिन् ।

श्रेष्ठले सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता हुन निर्देशनसमेत दिइसकेकी छिन् ।

नागरिक उन्मुक्ति पार्टीबाटै भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाएर उनको ठाउँमा उन्मुक्तिकै इन्दिरा गिरीलाई जिम्मेवारी दिइएको छ ।

पूर्व राज्यमन्त्री चौधरीले आफूसँगै छलफल विनै जिम्मेवारी हेरफेर गुनासो गरेका छन् ।

‘मलाई जानकारी नै थिएन । सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा मात्रै छलफल भएको हो । त्यसमा पनि कुन गठबन्धनबाट सहभागी हुने भन्ने टुङ्गो लागेको थिएन । केन्द्रमा एक थरी गठबन्धन र प्रदेशमा अर्को थरी गठबन्धन हुँदा समस्या हुन्छ । केन्द्रीय अध्यक्ष श्रेष्ठले पनि आपत्ति जनाउनु भएको छ', पूर्व कृषि राज्यमन्त्री चौधरीले भने ।

केन्द्रमा एमाले–माओवादीकै सरकारलाई समर्थन रहने भन्दै प्रदेशमा पनि त्योभन्दा फरक गठबन्धनमा सहभागी हुन नसकिने पार्टी अध्यक्ष श्रेष्ठको जिकिर छ ।

तर रेशम चौधरी भने धनगढीमै बसेर सरकार गठनको गृहकार्य गरेका थिए । रञ्जीता केन्द्रीय समीकरणअनुसार नै अगाडि बढ्न चाहन्छिन् । उनी एमाले माओवादी गठबन्धनको पक्षमा छिन् भने रेशम नेपाली कांग्रेससँग छलफलमा छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x